मिडियाबाट प्रायः टाढै रहने मेसीले गरे बार्सिलोनाको ‘हिरा’ सर्जी रोबर्टोको तारिफ

बार्सा नेपाल । विश्वकै उत्कृष्ट फुटबल खेलाडी लियोनल मेसीले आफ्ना सहकर्मी सर्जी रोबर्टोको तारिफ गरेका छन् । प्रायः मिडियाबाट टाढै रहने मेसीले क्याटालान रेडियो रेस वान् सँग कुरा गर्दै सर्जी रोबर्टोले गत सिजन पीएसजी बिरुद्ध अन्तिम सेकेन्डमा गोल गरेर महत्वपूर्ण अनुभव टोलीलाई दिएको बताएका हुन् ।

गत सिजन मार्च ८ मा सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पीएसजीलाई ६–१ गोलले पराजित गरेर च्याम्पियन्स लिगकै इतिहासमा सानदार कमब्याक गरेर बार्सिलोनाले रेकर्ड कायम गरेको थियो । उक्त खेलमा सर्जी रोबर्टोले गरेको योगदानको कदर गर्दै मेसीले उनको तारिफ गरेका हुन् ।

रेस वान् सँग कुरा गर्दै मेसीले सर्जी रोबर्टो विश्वकै उत्कृष्ट राइट ब्याक बनेको समेत बताए ।

उता पीएसजीसँगको कमब्याकबारे बार्सा टिभीसँग सर्जि रोबर्टोले अनुभव बाँडेका छन् । उनले अझै पनि आफुले उक्त खेल पटक–पटक हेर्ने गरेको उनले बताएका छन् । उक्त गोल गरेको रातभर उनी खुसीले सुत्नै नसकेको उनको भनाई थियो । उक्त गोलकै कारणले आफूलाई धेरैले माया गर्ने गरेको, धेरै समर्थक बढेको उनको भनाई छ ।

बार्सिलोनाका ‘हिरा’ सर्जी रोबर्टोबारे अपत्यारिला तथ्यहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here