MATCH DAY: शिर्ष स्थानको बार्सिलोना र अन्तिममा रहेको मालागा भिड्दै (प्रिभ्यू)

बार्सा नेपाल । आइतबार बिहान साढे १ बजे (नेपाली समय अनुसार) ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले लिगको अन्तिम स्थानमा रहेको मालागासँग प्रतिस्पर्धा गर्दैछ ।

ला लिगमा बार्सिलोना यो सिजन अपराजित रहेको छ । कूल २७ खेल खेल्दा बार्सिलोनाले २१ खेलमा जित तथा ६ खेलमा बराबरी खेलेर ६९ अंक जोडेको छ । उता लिगमा जम्मा ३ खेलमा जित, ४ खेलमा बराबरी तथा २० खेलमा हार व्यहोरेको मालागाले जम्मा १३ अंक मात्रै जोडेर लिगको अन्तिम स्थानमा रहेको छ ।

मालागाको घरेलु मैदान रोजालेडामा हुने खेलमा बार्सिलोना स्पट तीन अंक जोड्ने दाउमा रहेको छ । यसअघि पहिलो चरणमा क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना २–० गोलले विजयी भएको थियो । उक्त खेलको दोस्रो मिनेटमा जेरार्ड ड्यौलोफ्यूले तथा ५६ औं मिनेटमा आन्द्रेज इनियष्टाले गोल गरेका थिए ।

यसअघिको खेलमा बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेर लिगमा ८ अंकको अग्रता कायम गरेको छ । मालागालाई पनि पराजित गरेको खण्डमा बार्सिलोना लगातार ला लिगाको ३४ खेलमा अपराजित रहनेछ ।

खेलाडी सूची

मालागासँगको खेल नेल्सन सेमेडो, डेनिस स्वारेज तथा आन्द्रेज इनियष्टा चोटका कारणले गुमाउँदै छन् भने यारी मिना पनि भालभर्डेको रोजाइमा परेका छैनन् । भने यी १८ जना खेलाडी मालागा प्रस्थान गरेका छन् ।

इतिहास

बार्सिलोनाले ला रोजालेडामा खेलेको अन्तिम ३ खेलमा २ गोलमा गोल गर्न सकेको छैन । तर उक्त खेलहरुमा १ मा मात्रै पराजय ब्यहोरेको छ । बार्सिलोना र मालगाबीच सम्पन्न १६ वटा ला लिगा भिडन्तमा ९ खेलमा जित, ५ खेलमा बराबरी तथा २ खेलमा हार ब्यहोरेको छ ।

लुईस स्वारेज

ला लिगाको क्लबहरुमध्ये मालागा बिरुद्ध मात्रै लुईस स्वारेजले गोल गरेका छैन । उनले मालागाबिरुद्ध पाँच खेल खेलिसकेका छन् तर, बलले जाली भने चुम्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here