लुइस इन्रिके चेल्सीमा, कोन्टे पीएसजीमा, एम्री भने बर्खास्त !

बार्सा नेपाल । विश्वकै सबैभन्दा धनिमध्येको एक फ्रेन्च क्लब पेरिस सेन्टजर्मेइन (पीएसजी)ले वर्तमान प्रशिक्षक उनाई एम्रीलाई बर्खास्त गर्दै चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे भित्राउन पहल शुरु गरेको समाचारहरु प्रकाशित भएका छन् ।

किर्तिमानी रकम खर्चेर महँगा खेलाडीहरु नेयमार तथा किलियन एम्बाप्पेलाई क्लबमा भित्र्याउँदा पनि क्लब च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बिदाई हुन परेपछि प्रशिक्षक युनाई एम्रीलाई बर्खास्त गरि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे ल्याउन लागेको हो । यसको लागि कोन्टेका भाई जियानलुकासँग पीएसजीले कुरा गरिसकेको फ्रान्सको संचारमाध्यामले जनाएको छ । थप कुराकानीको लागि कोन्टेका एजेन्ट फेड्रिको पास्टोरेलो अर्को साता पेरिस जाने बताइएको छ ।

यो सिजन कोन्टेको टिम चेल्सी घरेलु लिग प्रिमियर लिगमा खराब प्रदर्शनबाट गुज्रिरहेको छ । च्याम्पियन्स लिगको लागि छनोट हुने सम्भावना पनि कठिन बन्दै गइरहेको बेला चेल्सीका मालिक रोमन इब्रासहिमोभिच पनि कोन्टेसँग खुसी छैनन् । त्यसैले चेल्सीले कोन्टेको बिकल्पको रुपमा बार्सिलोनाका पूर्व प्रशिक्षक लुईस इन्रिके अगाडि सारेको समाचार बेलायका संचार माध्यामहरुले जनाएका छन् ।

इन्रिके बार्सिलोनाबाट बिदा भएपछि कुनै क्लबसँग पनि आबद्ध भएका छैनन् ।

कोन्टेलाई बर्खास्त गरेर चेल्सीका प्रशिक्षक लुईस इन्रिके !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here