भाग्यमानी अल्कासर जसले क्याटालुनिया सुपर कपको ट्रफी उचाल्न पाए

बार्सा नेपाल, फागुन २४ । सन् २०१६ मा बार्सिलोना गेटाफेबाट बार्सिलोना आएका पाको अल्कासर बुधबार राति सम्पन्न क्याटालुनिया सुपर कपको फाइनल खेलको लागि बार्सिलोनाको कप्तान पनि बन्ने मौका पाए । प्रशिक्षक अर्नेष्टो भालभर्डेले पहिलो टिमबाट ८ जना मात्रै खेलाडीलाई इस्प्यानियोलसँगको खेलको लागि बोलाए । उक्त ८ जनामध्ये पाको अलि सनियर खेलाडी भएको हिसावले उनले कप्तानको जिम्मेवारी पाएका हुन् । उनले बार्सा बी का खेलाडीहरुको पनि नेतृत्व गरे ।

पाको नेतृत्वको टोलीले नियमित समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । उक्त सुटआउटमा उनले पनि गोल गरे । खेलमा बार्सिलोनाले ४ वटा पेनाल्टी प्रहार गर्दा ४ वटै गोलमा परिणत भयो भने इस्प्यानियोलका ४ खेलाडीले बल प्रहार। गर्दा २ वटा गोलमा परिणत भयो भने एक फ्रेम बाहिर तथा एक गोललाई बार्साका गोलकिपर ज्यास्पर सिलेसनले बचाए ।

बार्सिलोनाबाट जम्मा ३१ खेल (आदिकारीक) मात्रै खेलेका पाकोले टोलीको नेतृत्व गरि ट्रफी पनि उचालेका थिए ।
हुनत क्याटालुनिया सुपर कपको उपाधि महत्वपूर्ण होइन । यसको आयोजक क्याटालन फुटबल फेडरेसन हो । उक्त फेडरेसनले स्पेनको फुटबल फेडरेसनलाई चुनौति दिनको लागि खोलिएको समानान्तर फुटबल फेडरेसन हो । यसले क्याटालोनियामा विशेष महत्व राख्छ । अझै फाइनलमा इस्प्यानियोलजस्तो चिर प्रतिद्धन्द्धीलाई हराउने काम सहज पनि होइन । डर्बी साइडको खेलमा पाकोले कप्तान गर्नु र उपाधि उचाल्न पाउने काम ठूलो हो । उपाधि जस्तो भए पनि पाकोको नाम पनि बार्सिलोनाको इतिहासमा अब लेखिनेछ ।

बार्सिलोनालाई सुपर क्याटालुनिया कपको उपाधि

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here