इस्प्यानियोलसँगको खेलमा डेनिस स्वारेज घाइते

बार्सा नेपाल, फागुन २४ । बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेज बुधबार राति भएको इस्प्यानियोलसँगको खेलमा घाइते भएका छन् । यस सिजन प्रशिक्षक अर्नेष्टो भालभर्डेको रोजाइमा नपरेका डेनिस क्याटालुनिया सुपर कपको फाइनल खेलको लागि भने स्टार्टिङ लाइनअपमा परेका थिए । तर, उनी पहिलो हाफमै घाइते हुन पुगे ।

पहिलो हाफको ४३ औं मिनेटमा नै उनले इस्प्यानियोलका तीन खेलाडीहरुलाई छलाउँदै बल अगाडि बढाउने क्रममा विपक्षी खेलाडी डिडिक भिलाको ट्याकलमा डिबक्स नजिकै घाइते भएका हुन् । ट्याकलबाट दुबै खेलाडी घाइते भएका थिए ।

त्यसपछि दुबै खेलाडीलाई मैदानबाहिर निकालेर उनीहरुको ठाउँमा बैकल्पिक खेलाडीहरु पठाइएको थियो ।

बार्सिलोनाले पनि उनी घाइते भएको बताएको छ । डेनिसलाई तिघ्रामा चोट लागेको हो ।

तर उनी छिट्टै खेलमा फर्कने सम्भावना रहेको छ । खेलपछि संचारमाध्यामसँग कुरा गर्दै प्रशिक्षक अर्नेष्टो भालभर्डेले पनि चाँडै अभ्यासको लागि फर्कने विश्वास व्यक्त गरेका छन् । यद्यपी आज हुने मेडिकल टेष्टपछि यस विषयको टुंगो लाग्नेछ ।

उक्त खेलमा बार्सिलोनाले इस्प्यानियोललाई पेनाल्टीमा ४–२ गोलले हराएको हो । खेलको नियमित समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टीमार्ट उपाधिको छिनोफानो गरिएको थियो ।

बार्सिलोनालाई सुपर क्याटालुनिया कपको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here