ड्यानी आल्भेजले पीएसजी र नेयमारलाई यसरी गीतबाटै व्यंग्य गरे

बार्सा नेपाल, फागुन २४ । च्याम्पियन्स लिगमा बलियो भनिएको फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई स्पेनको रियल मड्रिडले अन्तिम १६ मै सीमित बनाइदिएपछि डिफेन्डर ड्यानी आल्भेजले एउटा गीत सामाजिक संजाल इन्स्टाग्राममा राखेका छन् ।

च्याम्पियन्स लिग जित्ने सपना बोकेका पीएसजीका डिफेन्डर ड्यनी आल्भेजले गीतमा रियलसँग पराजित भएपछि क्लब छोड्ने भन्दै गीत गाएका हुन् । उनको गीतमा पीएसजी पराजित भएको पीडा देख्न सकिन्छ । साथै आफू फ्रेन्च कपको लागि मात्रै यहाँ नआएकोले अब चाँडै क्लब छोड्ने बताएका छन् ।

गितारको साथमा गाइएको गीतको भिडियोमा ड्यानी आल्भेजलाई देख्न सकिन्छ । उनको गीतको शब्द यस्तो छः

हामी भर्खरै इलिमेसनमा पर्यौं
हामीले मालागा भन्दा पनि खत्तम खेल खेल्यौं
अब म यो क्लबबाट खेल्दिन
हामीले समग्रमा ५–२ गोल अन्तरले हार्यौं
यो बार्सिलोनासँग ६–१ ले हरोको भन्द पनि नराम्रो नतिजा हो
अब म अब यो फ्रेन्च कपको लागि मात्रै खेल्दिन
हामीले कासेमेरोको गोल पनि खायौं
अब मेरो भविष्य यहाँ छैन
अब म मेरै देश ब्राजिल जान्छु
मैले १ वर्ष त्यसै खेर फाले
धन्यवाद पीएसजी !
म अब अन्तिम १६ बाटै पराजित भएँ भनेर कहिल्यै सोच्दिन
मड्रिडले हामीसँग लेगानेस सम्झेर खेल खेल्यो
म तपाईसँग बाचा गर्छु म यो क्लब चाँडै छोडेदैछु
सायद म युभेन्टस मै बस्नुपथ्र्यो
आज म मेरो साथी नेयमार जस्तै नक्कल गर्दैछु
र विश्वकपसम्म घाइते भएको बहाना गर्दैछु
म मेट्ससँगको खेल सम्झिरहनेछु
म अरुले घृणा गरेको हेर्दा थाकिसकेँ ।

 

 

नेयमारको सपनामा यसरी लाग्याे तुषारापात

ड्यानी आल्भेज बार्सिलोनाका पूर्व खेलाडी हुन् । सन् २००८ मा सेभियाबाट बार्सिलोना आएका उनले २४७ खेल खेले । बार्सिलोनाका प्रभावशाली डिफेन्डर रहेका उनले सन् २०१६ मा क्लब छोडेर युभेन्टस गएका हुन् । त्यसपछि उनी २०१७ मा पीएस।जी आएका थिए ।

नोट: कृपया यसलाई फन पोस्टको रुपमा लिइदिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here