बार्सिलोनालाई सुपर क्याटालुनिया कपको उपाधि

बार्सा नेपाल, फागुन २४ । बार्सिलोनाले सुपर क्याटालुनिया कपको उपाधि जितेको छ । चिर प्रतिद्धन्दी इस्प्यानियोललाई पेनाल्टी सुट आउटमा हराएर बार्सिलोनाले उपाधिमाथि कब्जा जमाएको हो । क्याटालोनियाको लेइडा सहरमा सम्पन्न उक्त खेलको नियमित समयमा गोल हुन नसकेपछि उपाधिको निर्णय पेनाल्टीमार्फ गरिएको थियो । पेनाल्टीमा बार्सिलोनाले ४–२ गोलले हराएको हो ।

पेनाल्टीमा बार्सिलोनाको लागि पाको अल्कारसर, सर्जी पलेन्सिया, यारी मिना तथा आबेल रुइजले गोल गरेका थिए भने इस्प्यानियोलका लागि एलेक्स्यान्ड्रो लोपेज मोरेनो तथा मारियो हर्मोसोले मात्रै गोल गरेका थिए तर, सर्जी डार्डर र जोसे म्यानुअल जुराडोको गोल प्रयास बिफल भएको थियो ।

भाग्यमानी अल्कासर जसले क्याटालुनिया सुपर कपको ट्रफी उचाल्न पाए

बार्सिलोनाले खेलको लागि मुख्य खेलाडीहरुलाई आराम दिएर बार्सा बीबाट १२ जना खेलाडीहरुलाई बोलाएका थिए भने मुख्य टिमबाट ८ जना खेलाडीलाई लिएका थिए । तर, प्रशिक्षक अर्नेष्टो भालभर्डेले सिनियर र जुनियर टिमका खेलाडीहरुलाई मिलाएर पनि पहिलो उपाधि जित्न सफल भएका छन् ।

मुख्य टिमबाट ८ जना खेलाडीहरु स्टार्टिङ लाइनअपमा परेका थिए । जसमध्ये ज्यास्पर सिलेसन, डेनिस स्वारेज, ओस्माने डेम्बेले, पाको अल्कासर, लुकास डिने, आन्द्रे गोमेज, एलेक्सिस भिडा तथा यारी मिना परेका थिए भने बार्सा बीका पलेन्सिया, एलेना तथा सुयन्साले पनि अवसर पाएका थिए ।

मेसीको ६०० गोलको चिरफार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here