मेसीको ६०० गोलको चिरफार

बार्सा नेपाल । ला लिगा अन्तर्गतको खेलमा एथ्लेटिको मड्रिड बिरुद्ध फ्रि–किक मार्फत गोल गरी विश्वकै उत्कृष्ट फुटबलर लियोनल मेसीले आफ्नो गोलसंख्या ६ सय पुर्याएका छन् ।

मेसीले गरेको गोलमध्ये ५०४ गोल डिबक्स भित्र रहेको छ । त्यस्तै ९६ गोल डिबक्स बाहिर रहेको छ ।

त्यस्तै, उनले ४९६ गोल देब्रे खुट्टाले गरे भने ७८ गोल दाहिने खुट्टाले गरेका छन् । उनले हेडिङ मार्फत पनि २४ गोल, २ गोल शरिरका अन्य भागले हानेका छन् ।

उनले हालसम्म ७७ गोल पेनाल्टीबाट गरेका छन् भने ३९ गोल फ्रि किक मार्फत गरेका छन् ।

त्यस्तै ११८ पटक ब्रेस गोल गरेका छन् भने ३८ वटा ह्याट्रिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here