फाइनल भिडन्तको लागि भालभर्डेले सिनियर टिमबाट ८ र बार्सा बी बाट १२ जना खेलाडी छाने

बार्सा नेपाल, फागुन २३ । आज बेलुकी बार्सिलोनाले क्याटालुनियाको उपाधिको लागि घरेलु प्रतिद्धन्दी इस्प्यानियोलसँग खेल खेल्दैछ । यस उपाधि भिडन्तको लािग क्लबका मुख्य खेलाडीहरुको सहभागिता भने हुनेछैन । आजको उक्त खेलको लागि २० जना खेलाडीको सूची सार्वजनिक गरिएको छ ।

उक्त सूचीमा पहिलो टिमका ८ जना मात्रै खेलाडी रहेका छन् भने १२ जना बार्सा बीका खेलाडीहरुलाई सूचीमा समावेश गरिएको छ । जुनियर टिमका खेलाडीलाई अवसर प्रदान गर्नको लागि ती खेलाडीहरुको नाम आएको हो । खेलको लागि पहिलो टिमबाट ज्यास्पर सिलेसन, डेनिस स्वारेज, डेम्बेले, पाको अल्कासर, लुकास डिने, आन्द्रे गोमेज, एलेक्सिस भिडाल र यारी मिना रहेका छन् भने बार्सा बी बाट ओर्तोला, कार्लेस एलेना, पलेन्सिया, सियोन्स, डेभिड कोस्टा, मिरान्डा, होङ्ग्ला, म्याकगियोन, रिभिरा, पेरेज, रुइज तथा बालोउ रहेका छन् ।

प्रशिक्षक भालभर्डेले आज मुख्य खेलाडीहरुलाई आराम दिएर पहिलो टिममा नियमित टिममा नपरेका खेलाडीको साथमा बार्साबीका प्रमुख खेलाडीहरुलाई अवसर दिन लागेका हुन् ।

खेल टेलिभिजनमा नदेखाइने भए पनि सामाजिक संजाल, फेसबुक र युट्युबबाट हेर्न सकिने बार्सिलोनाको वेभसाइटमा उल्लेख छ ।

क्याटालुनिया सुपर कपको फाइनल आज, बार्सा र इस्प्यानियोल भिड्दै

बुधबार बार्सिलोनाले ‘क्याटालुनिया सुपर कप’को फाइनल खेल्ने (इतिहास सहित)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here