क्याटालुनिया सुपर कपको फाइनल आज, बार्सा र इस्प्यानियोल भिड्दै

बार्सा नेपाल, फागुन २३ । बार्सिलोनाले आज बेलुकी साढे ११ बजे घरेलु प्रतिद्धन्द्धी इस्प्यानियोलसँग ‘क्याटालुनिया सुपर कप’को उपाधिको लागि प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाले आज हुने खेल क्याटालोनियाको लेआइडा सहरमा रहेको लेआइडा स्पोर्टिउको घरेलु मैदानमा खेल्न लागेको हो । उक्त रंगशालमा १५ हजार दर्शक क्षमता रहेको छ ।

उक्त उपाधिले अन्तराष्ट्रिय रुपमा चर्चा नपाउने गरेको भए पनि क्याटालोनियमा भने चर्चाको विषय बन्छ । खेलको प्रत्यक्ष प्रशारण भने कुनै पनि टेलिभिजनबाट हुँदैन ।

क्याटालुनिया सुपर कपको बारेमा

क्याटालान फुटबल फेडरेसनले सन् १९८९ देखि आयोजना गर्दै आइरहेको उक्त नकआउट प्रतियोगितामा क्याटालोनियाका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउँछन् । स्पेनको फुटबल फेडेरेसनको समानान्तर फुटबल एशोसियसन हो क्याटालान फुटबल फेडरेसन ।

बार्सिलोनाले यो उपाधि हालसम्म ८ पटक जितेको छ भने ९ पटक उपविजेतामा चित्त बुझाएको छ । पछिल्लो पटक बार्सिलोनाले सन् २०१३–१४ को सिजनमा इस्प्यानियोललाई नै पराजित गरेर उपाधि जितेको छ ।

उता क्याटालोनियाकै अर्को बलियो टिम इस्प्यानियोलले यो उपाधि ६ पटक जितेको छ भने ८ पटक फाइनलमा परास्त भएको छ । जिम्न्यास्टिक टारागोना यस कपको डिफेन्डिङ च्याम्पियन हो । जिरोनालाई उसले परास्त गरेर गत सिजन उपाधि जितको थियो ।

बुधबार बार्सिलोनाले ‘क्याटालुनिया सुपर कप’को फाइनल खेल्ने (इतिहास सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here