चेल्सीबिरुद्धको खेलको कप्तान लियोनल मेसी !

बार्सा नेपाल, फागुन २२ । आइतबार सम्पन्न एथ्लेटिको मड्रिड विरुद्धको खेलमा हार्मस्ट्रिमिङको कारण घाइते बनेका बार्सिलोनाका कप्तान आन्द्रेज इनियस्टाले च्याम्पियन्स लिग अन्तर्गत चेल्सी विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।

बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई १–० ले हराउदा इनियस्टाले ३६ आंै मिनेटमा नै चोटका कारण मैदान छोड्नु परेको थियो । सार्वजनिक समाचारहरु पनि इनियस्टालाई निको हुन करिब ३ हप्ता लाग्ने समाचारहरु बाहिरिएका छन् ।

उनको चोटका बारेमा जाँच हुने र चोट कतिको गहिरो छ त्यसपछि आधिकारीक धारणा राख्ने क्लबले जनाएको छ । खेलको २२ औं मिनेटमा नै इनिस्टाको दाँया खुट्टामा समस्या देखिएपछि उनको बिकल्पमा आन्द्रे गोमेज मैदान प्रवेश गरेका थिए ।

इनियष्टा चेल्सी बिरुद्ध नखेल्ने सम्भावना बढेपछि चेल्सीबिरुद्धको खेलको कप्तान लियोनल मेसी हुनेछन् ।

बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा मार्च १४ मा खेल्दैछ । यसअघिको पहिलो लेगमा यी दुई क्लबले १–१ गोलको बराबरी खेलेका थिए ।

राकेटिच ‘म्यान अफ द म्याच’, गोमेज भालभर्डेको ‘ब्याड च्वाइस’ (प्लेयर्स रेटिङ्ग)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here