धेरै कोपा डेल रे उपाधि जित्ने क्लब बार्सिलोना, फाइनलमा बढी हार्ने टिम रियल मड्रिड

बार्सा नेपाल । स्पेनिस किंग्स् कप कोपा डेल रेको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब बार्सिलोना हो । बार्सिलोनाले हालसम्म २९ पटक कोपा डेल रे को उपाधी जितेको छ । गत सिजन मात्रै पनि बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको हो । यस सिजन पनि बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियालाई ३–० गोलले पराजित गरेर बार्सिलोनाले उपाधिको लागि सेभियासँग प्रतिस्पर्धा गर्न लागेको हो । बार्सिलोना १० पटक भने फाइनलमा पराजित भएको छ ।
बार्सिलोना लगातार पाँचौं पटक कोपा डेल रेको फाइनलमा पुगेको हो ।

अन्य विजेताहरु

सन् १९०३ बाट शुरु भएको यो प्रतियोगिताको उपाधि सर्वाधिक जित्नेको दोस्रो स्थानमा एथ्लेटिकक बिल्बाओ रहेको छ । बिल्बाओले हालसम्म २३ पटक उपाधि रक्षा गरेको छ भने १४ पटक फाइनलमा हारेको छ । यो उपाधि रियल मड्रिडले १९ पटक रक्षा गरेको छ भने २० पटक फाइनलमा परास्त भएको छ । त्यस्तै एथ्लेटिको मड्रिडले १० पटक, भ्यालेन्सियाले ७ पटक, जारागोजाले ६ पटक, सेभियाले ५ पटक, इस्प्यानियोलले ४ पटक, रियल युनियनले ४ पटक, रियल सोसिडाडले २ पटक, रियल बेटिसले २ पटक, डिर्पोटिभोले २ पटक, अरिनाजले १ पटक तथा मालोर्काले १ पटक उपाधि जितेको छ ।

यूरोपामा स्थान पक्का

यदि कोपा डेल रेको उपाधि जित्ने क्लब च्याम्पियन्स लिग छनोटमा नपरेको खण्डमा सिधै यूरोपा लिग खेल्न पाउँछ । यूइएफएको नियम अनुसार यो सम्भव भएको हो ।

उच्च गोलकर्ता

कोपा डेल रेको सर्वाधिक गोलकर्ता टेल्मो जारा (एथ्लेटिक मड्रिडका) हुन् । उनले कूल ८१ गोल गरेका छन् । त्यस्तै बार्सिलोना तथा रियल मड्रिडबाट खेलेर जोसेप सामिटियरले ८५ गोल गरेका छन् । त्यस्तै बार्सिलोनाका लेजेन्ड लास्लो कुबालाले पनि ४९ गोल गरेका थिए । बार्सिलोनाकै लियोनल मेसीले कोपा डेल रेमा ४७ गोल गरिसकेका छन् ।

रियल मड्रिडले नमानेपछि कोपा डेल रेको फाइनल मेट्रोपोलिटानोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here