राकेटिच ‘म्यान अफ द म्याच’, गोमेज भालभर्डेको ‘ब्याड च्वाइस’ (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल, फागुन २१ । आइतबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि महत्वपूर्ण जित निकालेको छ । खेलको २६ औं मिनेटमा लियोनल मेसीको फ्रि–किक गोलमा निकालेको १–० गोलको जितले बार्सिलोनाले लिगमा स्पष्ट ८ अंकको अग्रता कायम गरेको छ ।

यहाँ हामीले बार्सिलोनाका खेलाडीहरुले आइतबार राति एथ्लेटिको मड्रिडलाई जित्दा कस्तो खेल खेले भन्नेबारेमा रेटिङ गरेका छौं । रेटिङको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ६

एथ्लेटिको मड्रिसँगको खेलमा टेर स्टेगन प्रायः ‘जब लेस’ नै भए । विपक्षीका खेलडीले जम्मा १ वटा प्रहार मात्रै टार्गेटमा हाने । ३ वटा फ्रेमबाहिर हान्दा र १ वटा कर्नर बल प्रहार गर्दा उनी ब्यस्त हुनुपर्यो । तर, उनले डिफेन्डरहरुसँग ब्याक पास खेले ।

सर्जी रोबर्टो ७

रोबर्टो ठूला खेलहरुको लागि बार्सिलोनाको मुख्य हतियार भइसकेका छन् । उनले राइट डिफेन्सबाट बनाउने मुभले विपक्षीलाई निकै कठिन बनाउँछ । आइतबारको खेलमा पनि उनले फिलिपे लुईस र ग्रिजम्यानलाई नियन्त्रण गरेर राखे ।

जेरार्ड पिके ७

बार्सिलोनाको रक्षा पंत्तिसामु एथ्लेटिको मड्रिडका स्ट्राइकरहरुको केही सीप चलेन । ग्रिजम्यान, डिएगो कोस्टलाई पूर्णतया नियन्त्रणमा ल्याउन पिकेको योगदान उच्च रह्यो । पिकेले उक्त खेलमा कप्तानको जस्तो भूमिका निभाए ।

स्यामुअल युम्टीटी ७

बार्सा खेलाडीको पहिलो रोजाइको डिफेन्डर युम्टीटीले कोस्टा तथा ग्रिजम्यानजस्ता बलिया स्ट्राइकरलाई ‘पकेट गर्न’ सफल रहे । कर्नर बलमा अघि बढे पनि विपक्षीले बनाउनसक्ने काउन्टर मुभलाई पनि उनले उत्तिकै ख्याल गरे ।

जोर्डी अल्बा ६

अल्बा अपेक्षा अनुसार एथ्लेटिको मडिङसँगको खेलमा जम्न सकेनन् । कारण उनीसँग कोउटिन्होको तालमेल मिलेन । यो समस्याको निरकरण अझै हुन सकेको छैन । यद्यपी उनले आफ्नो जिम्मेवारी निभाए ।

कोउटिन्हो ७

उनले शुरुमा दायाँ मिडफिल्डबाट खेले तर इनियष्टा घाइते भएपछि उनी देब्रेतर्फलागे जहाँबाट उनले राम्रो खेल पस्किए । उनले डिबक्सबाहिरबाट प्रहार पनि गरे तर, ओब्लाक बाधक बने ।

सर्जियो बुस्क्वेट ७

ठूलो खेलको लागि नभइ नहुने खेलाडी हुन् सर्जियो बुस्क्वेट । उनले आइतबारको खेलमा पनि केही महत्वपूर्ण ट्याकल गरे । उनले झण्डै भली गोल गरेका थिए थिए । तर, त्यसमा ओब्लाक बाधक बने ।

इभान रोकटिच ८

आइतबारको खेलमा जितको गोल मेसीले गरेको भए पनि राकेटिच सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देखिए । राकेटिच खेलमा निकै चनाखो देखिए । उनले ट्याकलबाट पनि बल खोस्न सफल रहे । निकै ऊर्जावान् तथा निस्वार्थ रुपमा उनले बार्सिलोनाको लागि २०१ खेल खले । उनी ‘म्यान अफ द म्याच’ पनि हुन् ।

आन्द्रेज इनियष्टा ६

खेलमा इनियष्टा केही सुस्त देखिए । हाम स्ट्रिमिङको कारण खेलको ३६ औं मिनेटमा नै मैदान छोड्नुपर्यो ।

लियोनल मेसी ७

दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई परास्त गर्नको लागि मेसीको फ्रि–किक गोल नै निर्णयक बन्यो । ओब्लाक जस्तो किपरविरुद्ध गोल गर्न सक्ने मेसीको खेलमा सबैभन्दा ठूलो उपलब्धी यही नै हो । साथै उनले केही उत्कृष्ट ड्रिबलहरु पनि गरे ।

‘गोल मेसिन’ मेसीले पुरा गरे करिअरको ६०० गोल

लुइस स्वारेज ६

स्वारेज खेलमा अफसाइड पोजिसनमै बसिरहे । सहकर्मीहरुले दिने बलमा मुभ बनाउने क्रममा उनी ट्रर्यापमा पनि परे । विपक्षीको डिफेन्स ‘सोलिड’ भएको कारणले उनी खेलमा जम्न सकेनन् ।

बैकल्पिक खेलाडीहरु

आन्द्रे गोमेज ५

गोमेज सँधै भालभर्डेको स्टार्टिङ ११ वा बिकल्पमा पर्ने खेलाडी हुन् । उनी इनियष्टाको ठाउँमा पहिलो हाफमै मैदान प्रवेश गरेका हुन् । उनीसँग मेसीले खेल्ने प्रयास गरे पनि उनको प्रदर्शन झुर रहेको थियो । दोस्रो हाफमा मेसीको पासलाई उनले फितलो तरिकाले पोस्टमा हाने जबकी मेसीले उनीसँग वान् टच खेल्न चाहेका थिए । यात सर्जी रोबर्टोलाई दिनुपर्ने थियो । उनी बल लिएर होइन बल वरिपरि दौडिमात्रै रहे ।

पाउलिन्हो

कोउटिन्होको स्थानमा खेल सकिन ६ मिनेट मात्रै बाँकी छँदा मैदान प्रवेश गरेका उनको काम विपक्षीलाई आक्रमण गर्न नदिनु नै थियो । उनले आफ्नो भूमिका निभाए ।

एथ्लेटिको मड्रिड

  • ओब्लाक ६
  • भिसाल्जको ६
  • कोरिया ७
  • ग्रिजम्यान ७
  • गुडिन ७
  • फिलिपे लुइज ६
  • साउल ६
  • थोमास ६
  • गाबी ५
  • कोके ५
  • कोस्टा ५

धेरै कोपा डेल रे उपाधि जित्ने क्लब बार्सिलोना, फाइनलमा बढी हार्ने टिम रियल मड्रिड

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here