मेसीको गोलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हरायो, लिगका ८ अंकको अग्रता

बार्सा नेपाल, फागुन २० । ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ८ अंकको अग्रता कायम गरेको छ । केही बेरअघि बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा पाहुनाटोलीलाई बार्सिलोनाले १–० गोलले पराजित गरेको हो ।

बार्सिलोनाले लियोनल मेसीको गोलबाट ३ अंक जोडेकोे हो । खेलको २६ औं मिनेटमा पाएको फ्रि-किकलाई मेसीले गोलमा परिणत गरेका हुन् ।

पहिलो हाफमा बार्सिलोना बलियो देखे पनि दोस्रो हाफमा पाहुना टोलीले सुधारात्मक खेल प्रदर्शन गरेको थियो ।

यस सिजन लिगमा अपराजित बार्सिलोनाले २७ खेलबाट अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिले समान खेलबाट ६१ अंक जोडेको छ । सन् २०१८ मा एथ्लेटिको मड्रिडको यो दोस्रो हार हो ।

८ अंकको अग्रता बनाए पछि बार्सिलोना ला लिगा उपाधिको होडमा ढुक्क रहेको यद्यपी अझै भ्यालेन्सिया र रियल मड्रिडसँगको खेल भने बाँकी नै रहेको छ ।

फुटबल पण्डित भन्छन्ः ‘बार्साले एथ्लेटिको मड्रिडलाई हराए ला लिगा उपाधि पक्का उचाल्ने’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here