‘गोल मेसिन’ मेसीले पुरा गरे करिअरको ६०० गोल

बार्सा नेपाल । एथ्लेटिको मड्रिडबिरुद्ध विजयी गोल गरेका लियोनल मेसीले उक्त गोलसँगै आफ्नो गोलसंख्या ६०० पुर्याएका छन् ।

बार्सिलोनाले खेलको २६ औं मिनेटमा पाएको फ्रि–किकमा मेसीले उत्कृष्ट प्रहार गरी पाहुना टिमका गोलकिपर जोहान ओब्लाकलाई रक्षा गर्ने मौका नै दिएनन् ।

मेसी यो अन्य सिजनजस्तै यो सिजन पनि फर्ममा रहेका छन् । उनले यो सिजनको ला लिगमा २३ गोल तथा १२ एसिस्ट गरि उच्च गोलकर्ता तथा सर्वाधिक एसिस्ट (हालसम्म) गर्ने खेलाडी बनेका छन् ।

मेसीको गोलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हरायो, लिगका ८ अंकको अग्रता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here