फुटबल पण्डित भन्छन्ः ‘बार्साले एथ्लेटिको मड्रिडलाई हराए ला लिगा उपाधि पक्का उचाल्ने’

बार्सा नेपाल । बार्सिलोनाले आइतबार बेलुकी ९ बजे (नेपाली समयअनुसार) सिजनकै प्रतिक्षीत खेल लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग खेल्दैछ । घरेलु मैदान क्याम्प नाउमा हुन लागेको उक्त खेलमा बार्सिलोनाले जित निकालेमा यस सिजनको ला लिगा उपाधि जित्ने लगभग पक्का हुने फुटबल पण्डितहरुको अनुमान छ ।

लिगको शिर्ष स्थानमा रहेको बार्सिलोना यस सिजन यूरोपको चर्चित सबैलिगमध्येबाट एक मात्रै अपराजित टिम हो । कूल २६ खेलमध्ये २० खेलमा जित तथा १ मा बराबरी खेलेको बार्सिलोनाले कूल ६६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले १ खेलमा मात्रै हार व्यहोरेको छ । उसले १८ खेलमा जित तथा ७ खेलमा बराबरी गरी ६१ अंक जोडेको छ । यी दुई टिमको अंकदुरी मात्र ५ को रहेको छ । त्यसैले यस खेलमा बार्सिलोना विजयी भएमा लिगमा ११ खेल बाँकी छदाँ बार्सिलोनाको अग्रता ८ अंकको हुनेछ यदी हारेको खण्डमा मात्रै २ अंक तथा बराबरीले ५ अंकको मात्रै हुने हुँदा लिग निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ ।

वर्तमान् अवस्था

बार्सिलोनाले पछिल्लो ५ खेलमध्ये ३ खेलमा बराबरी तथा २ खेलमा मात्रै जित दर्ता गरेको छ । क्लबले लिगमा गेटाफेसँग घरैमा गोल रहित बराबरी तथा लास पाल्माजसँग १–१ को बराबरी तथा च्याम्पियन्स लिगमा चेल्सीसँग १–१ को बराबरी खेलेको हो । त्यस्तै, एइबारलाई २–० ले तथा जिरोनालाई ६–१ गोलले पराजित गरेको हो ।

उता पछिल्लो पाँचै खेलमा जित दर्ता गरेको एथ्लेटिको मड्रिड उच्च फर्ममा रहेको छ । उसले यूरोपा लिगमा कोबेनहाभेनलाई ४–१ गोलले, एथ्लेटिक क्लबलाई २–० ले, कोभेनहाबेनलाई नै दास्रो लेगमा १ –० ले, सेभियालाई ५–२ गोलले तथा लेगानेसलाई ४–० गोलले पराजित गरेको हो ।

यी दुईको अवस्था हेर्दा खेल निकै रोमाञ्चक हुने निश्चित छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here