सिमियोनीद्वारा भालभर्डेको तारिफ, बार्सासँगको खेल कठिन हुने भनाई

बार्सा नेपाल, फागुन १९ । बार्सिलोनाले आइतबार राति एथ्लेटिको मड्रिडसँग घरेलु मैदान क्याम्प नाउमा हुने खेलको लागि १८ जना खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । सिजनकै बहुप्रतिक्षित खेलको रुपमा लिइएको उक्त खेलले यस सिजनको ला लिगा उपाधि अझै प्रतिस्पर्धी बन्ने या बार्साको नाममा रहने भन्ने विषयको अन्त्य गर्ने फुटबल पण्डितहरुको आंकलन रहेको छ ।

उता बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले संचारकर्मीहरुसँग कुरा गर्दै आइतबार हुने खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । ला लिगा उपाधिको होडमा रहेको दुबै टिमलाई तीन अंक महत्वपूर्ण रहेको उनको भनाई थियो । लिगमा हाल ५ अंकको अग्रता रहेको अवस्थामा आइतबारको खेलमा जित दर्ता भएको खण्डमा बार्सिलोनालाई उपाधिको लागि सहज हुने भालभर्डेको भनाई थियो । यद्यपी उनले बार्साले जितेको खण्डमा ला लिगा आफ्नै हुने भन्ने नरहेको उनको भनाई थियो ।

एथ्लेटिको मड्रिडको डिफेन्स लाईन अत्यान्तै कडा रहेको भन्दै त्यसलाई चिर्नको लागि आफूसँग विशेष रणनीति रहेको सो रणनीति उक्त खेलमै देखिने दावी उनले गरेका छन् ।

फुटबल पण्डित भन्छन्ः ‘बार्साले एथ्लेटिको मड्रिडलाई हराए ला लिगा उपाधि पक्का उचाल्ने’

त्यस्तै, एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले पनि आइतबार हुने खेल विशेष रहने बताएका छन् । एथ्लेटिको मड्रिड सँधै राम्रो खेल प्रदर्शन गर्न चाहने क्लब भएको कारणले बार्सासँगको खेलमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन् ।

भालभर्डेले बार्सालाई राम्रो लयमा कायम राखेको, नेयमारको प्रस्थानले क्लबमा कुनै असर नगरेको, ४–४–२ को रणनीतिले नै बार्सिलोनाले लिगमा कुनै पराजय नब्यहोरेकोले एथ्लेटिको मड्रिडलको लागि खेल सहज नहुने उनको भनाई थियो ।

एथ्लेटिको मड्रिडसँगको खेलको लागि बार्सिलोनाको तर्फबाट नेल्सन सेमेडो, डेनिस स्वारेज एलेक्सिस भिडाल तथा यारी मिना टोलीमा परेका छैनन् ।

बार्सिलोनाको खेलाडी सूची

एथ्लेटिको मड्रिडका खेलाडी सूची

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here