मैले बार्सिलोनामा बिताएको क्षणबारे आफ्ना नाति नातिनालाई भन्नेछुः इभान राकेटिच (अन्तर्वार्ता)

बार्सा नेपाल । क्रोएसियन मिडफिल्डर इभान राकेटिचले लास पाल्माजसँगको खेलसँगै बार्सिलोनाबाट खेलको संख्या २०० पुर्याएका छन् । सेभियाबाट सन् २०१४ मा बार्सिलोना आएका उनले साढे तीन सिजन पुरा खेलिसकेका छन् । बार्साको मिडफिल्डमा उनी जमेका पनि देखिन्छन् । उनी राकेटिचसँग स्पोर्टले गरेको कुराकानी जस्ताको त्यस्तै ।

एल्चेसँगको खेलमा बार्सिलोनाबाट डेब्यू गर्दा तपाईको दिमागमा के चलिरहेको थियो ?

म सो समयमा खेल खैल्नको लागि निकै उत्सुक रहेको थिए । मेरो आत्मविश्वास उच्च थियो त्यसैले मैले केही गर्नसक्छु भन्ने लागेको थियो । मलाई सो समयको सबै महत्वपूर्ण कुरा थाहा छ । सो समयमा बार्सिलोनाको जर्सी पहिलो पटक लगाएँको थिए । साँचै अब हामी हरेक अंकको लागि खेलिरहेका छौं । बार्सिलोनामा बिताएको हरेक समय मेरो लागि विशेष हुनेछ । पक्कै पनि पनि बार्सिलोनाका क्षणहरु म मेरो नाति नातिनाहरु समक्ष साँट्नेछु ।

अनि २०० औं खेलको बारेमा पनि ?

मलाई मैले कति औं खेल खेले भनेर त्यति सरोकार छैन । म अझै धेरै भन्दा धेरै खेल्न चाहान्छु । २०० औं खेल सानो पक्कै पनि होइन । यदि मलाई कसैले साढे तीन वर्ष पहिलो कति औं खेल खेल्छन् बार्सिलोनाको जर्सीमा भनेर सोधेको भए २०० भन्थें होला तर आज यो संख्या पुग्दैछ । सोही मानिसहरुले मलाई आज आएर २०० खेल त पुग्यो त भनेको भए अझै २०० खेल भन्नेथिएँ । मेरो भनाईको तात्पर्य म अझै धेरै भन्दा धेरै खेल बार्सिलोनाबाट खेल्न चाहान्छु ।

तपाईले प्राप्त गर्न खोजेको कुरा पाइसक्नुभयो कि, अझै केही बाँकी छ ?

बार्साको सबैभन्दा ठूलो खुबी भनेको आजको भन्दा भोलीको खेल अझै सुधार गर्नु हो । क्लबबाट खेल्दा आफ्नो सबै प्रतिभा देखाउन पाइन्छ । त्यस्तै हामीसँग पनि क्लबले धेरै अपेक्षा गरेको हुन्छ । त्यसैले सँधै सफलतातर्फ अगाडि बढिरहनु, नयाँ चुनौती पार गर्नु बार्सिलोनाको मुख्य उदेश्य हो । त्यसैमा हामी खुसी छौं ।

बार्सामा बिताएको सबैभन्दा महत्वपूर्ण क्षण कुन हो ?

सबैभन्दा भावुक क्षण… यो धेरै छन् । त्यसैमध्येको एक हो सेभियासँगको पहिलो खेल क्याम्प नाउमा भएको थियो । त्यसपछिको सबैभन्दा महत्वपूर्ण क्षण भनेको पक्कै पनि बर्लिनमा भएको च्याम्पियन्स लिग फाइनल हो ।

सबैभन्दा दुखको क्षण ?

धेरै छन् । हामी पटक पटक पीडामा परेका छौं । ति मध्ये पीएसजी र यूभेन्टुसँग पराजित हुँदा सबैभन्दा दुख लागेको थियो । उनीहरु हामीभन्दा राम्रा थिए सो कुरामा हामीले सन्तोष मानेनौं । त्यस्तै ला लिगमा पनि हामी अब्बल थिएनौं । सो कुरामा दुख लागेको थियो ।

बार्सिलोनामा सँधै आश्चर्यमा पार्ने दिने खेलाडी को हो ?

यो कुराको उत्तर दिन साह्रै गाह्रो छ । क्लबले सबैबाट उच्च अपेक्षा राखेको हुन्छ । मेरा केही साथीहरुले फुटबलमा जित्नुपर्ने सबै कुरा जितिसकेका छन् । र तपाई आफै पनि देख्नुहुन्छ उनीहरु कसरी अभ्यास गर्छन् तथा खेल्छन् भन्ने कुरा । र कतिपय खेलाडीको प्रदर्शन हेरेर तपाई अच्चममा पनि पर्नुहुनेछ । उनीहरु फुटबलसँग चुम्बकजस्तै टाँसिएका छन् । त्यसैले त उनीहरुको स्तर उच्च छ । यस्ता खेलाडीहरु अन्य टिममा छैनन् भन्ने मलाई लाग्छ ।

तपाईले मेसीलाई दिएको विशेष एसिस्टको बारेमा याद छ ?

मलाई याद छ, ला कोरुनाविरुद्ध मैले डिबक्स बाहिरबाट दिएको पास जसलाई उनले हेडिङ गोल गरेका थिए । त्यस्तै उनले मलाई दिएको एसिस्टको पनि सम्झना छ । ग्रानाडाबिरुद्धको खेलमा उनले मलाई सुन्दर एसिस्ट गरेका थिए । उनी खेल्नुको मज्जा नै बेग्लै हुन्छ ।

तपार्ईले हालसम्म झेल्नुभएको सबैभन्दा कडा प्रतिद्धन्द्धी कुन हो ?

हामीले खेलेकोमध्ये सबैभन्दा बलियो पीएसजी थियो । रिजल्टको बारेमा मैले कुरा गरिरहेको छैन । उनीहरुले खेल्ने शैलीले हामीलाई गाह्रो बनाएको थियो । प्रशिक्षक एम्री (पीएसजी)ले हाम्रो बारेमा राम्रो अध्यायन गरेका रहेछन् । उनीहरु हामीभन्दा साँच्चै राम्रा थिए । तर, पछि हामीले खेलमा फर्कियौं ।

(नेपालीमा अनुवादन गरिएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here