ला लिगा उपाधि जित्न बार्सिलोनाले यी तगारो पन्छाउनुपर्ने (विश्लेषण)

बार्सा नेपाल, फागुन १८ । बार्सिलोनाले बिहीबार राति भएको खेलमा अनपेक्षित रुपमा लास पाल्माजसँग १–१ को बराबरी खेलेपछि उपाधि जित्न त्यति सहज नहुने देखिएको छ । लिगमा २६ खेल खेल्दा हालसम्म पराजित नभएको एक मात्रै टिम हो बार्सिलोना तर, बार्सिलोनाले बराबरी खेलेरमात्रै यो सिजन १२ अंक गुमाइसकेको छ । २६ खेल खेल्दा बार्सिलोनाले २० खेलमा जित निकालेर जम्मा ६६ अंक जोडेको छ । उता दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले समान खेलबाट १८ खेलमा जित, ७ मा बराबरी तथा १ मात्रै हार ब्यहोरेर ६१ अंक जोडी बार्सिलोनालाई टक्कर दिइरहेको छ ।

लिगको २७ औं खेल पनि एथ्लेटिको मड्रिडसँग नै रहेको छ । यस खेलमा बार्सिलोनाले जित निकालेको खण्डमा बार्सिलोनाको उपाधि यात्रा सहज हुनेछ भने हार वा बराबरीले निकै कठिन बन्ने निश्चित नै छ ।

त्यस्तै बार्सिलोनाले यस सिजन लिगमा राम्रो खेलीरहेका केही क्बहरुको पनि सामना गर्नै बाँकी रहेको छ । भ्यालेन्सिया, रियल मड्रिड, भिलारियल, रियल सोसिडाड पनि बाँकी नै छ ।

अब लिगमा १२ वटा खेल हुन बाँकी छ । १२ खेलमध्ये ७ खेल घरेलु मैदान क्याम्प नाउमा हुनेछ भने बाँकी खेलको लागि बार्सिलोना पाहुन बनेर जानुपर्ने हुन्छ ।

यहाँ हामीले बार्सिलोनाको बाँकी खेलको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here