उदण्ड खेल खेलेर लास पाल्माजले बार्सिलोनालाई बराबरीमा रोक्यो

बार्सा नेपाल, फागुन १८ । लिगको रेलिगेसन क्षेत्रमा रहेको लास पाल्माजले बार्सिलोनासँग अंक खोसेको छ । बिहीबार राति लास पाल्माजको घरेलु मैदान कानारियामा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

बार्सिलोनाले खेलको २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिए । पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले ४८ औं मिनेटमा पेनाल्टी पायो । उक्त पेनाल्टीलाई जोनाथन केलरीले गोलमा परिणत गरे । खेल १–१ को बराबरीमा आयो । उक्त पेनाल्टी बार्सिलोनाले ७४६ दिनपछि पाएको हो ।

मेसीले गोल गरिसकेपछि बार्सा समर्थकहरुले भारी गोल अन्तरले बार्साको पक्षमा नतिजा जाने आंकलन गरिएको थियो तर, दर्शकहरुको अपेक्षा बिपरित भयो खेल । खेलको शुरुदेखि नै लास पाल्माजले निकै उदण्ड खेल पस्कियो । लास पाल्माजका ६ जना खेलाडीले पहँलो कार्ड पाए भने त्यसको असर बार्सिलोनाको खेलाडीमा पनि देखियो । ३ वटा पहेँलो कार्ड बार्साका खेलाडीहरुको नाममा पनि रह्यो ।

बार्सिलोनाले ४ वटा प्रहार फ्रेममा हान्दा १ मात्रै गोलमा परिणत भएको थियो । ६४ प्रतिशत बल पोसेसन बार्साले गर्दा ६ वटा कर्नर पनि हान्ने मौका पायो तर, गोल गर्न टोली सफल भएन ।

लास पाल्माजसँगको बारबरीपछि बार्सिलोनाको उपाधि यात्रा केही कठिन बनेको छ । २६ खेलबाट बार्सिलोनको ६६ अंक छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६१ अंक रहेको छ । लिगको २७ औं खेल एथ्लेटिको मड्रिडसँग नै भएको कारणले उपाधिको निर्णय सोही खेलबाट हुने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here