रियल मड्रिडका पूर्व प्रशिक्षक भन्छन् ‘रोनाल्डोभन्दा मेसी उत्कृष्ट’

बार्सा नेपाल, फागुन १७ । इरानका राष्ट्रिय टोलीका प्रशिक्षक तथा रियल मड्रिडलाई सन् २००३ देखि २००४ सम्म सम्हालेका कार्लोस क्युरोजले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डाबारे गज्जबको प्रतिक्रिया दिएका छन् ।

फिफासँगको अन्तवार्ताको क्रममा उनले ठट्यौली शैलीमा भने ‘मेसी मानव भएको प्रमाणित नभइन्जेलसम्म उनलाई फुटबल खेल्नमा प्रतिबन्ध लगाउनुपर्छ ।’

अन्तवार्ताको क्रममा उनले भने रोनाल्डो राम्रा खेलाडी भए पनि मेसी उनीभन्दा पनि राम्रो खेलाडी हुन् । मेसीले हरेक सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । यसपटक पनि उनी फर्ममा रहेका छन् ।

उनी साँचै असाधरण खेलाडी हुन् । यदी उनी मानव भएको भए । उनको खेल यस्तो उच्च स्तरको हुने नै थिएन भन्ने उनको प्रतिक्रिया थियो ।

स्पेनिस मिडिया मार्सामा उल्लेख भएको समाचार अनुसार मेसीले फुटबललाई नयाँ परिचय दिएको भनेर क्युरोजको भनाई उल्लेख छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here