२४ सय किलोमिटरको दुरी पार गर्दै बार्सिलोनाको टिम लास पाल्माजमा (म्याच प्रिभ्यू)

बार्सा नेपाल, फागुन १७ । घरेलु लिग ला लिगामा मात्र ४ अंकले शिर्ष स्थान ओगटिरहेको अवस्थामा बार्सिलोनाले आज (नेपाली समय अनुसार शुक्रबार बिहान १ः४५ बजे) लास पाल्माजसँग लिगको २६ औं खेल खेल्दैछ ।

लास पाल्माजको घरेलु मैदान ग्रान कानारियामा हुने खेलको लागि खेलाडीहरु त्यसतर्फ प्रस्थान गरिसकेका छन् । यो सिजन लास पाल्माज फर्ममा छैन । २५ खेलबाट जम्मा १९ अंक मात्रै जोडेको पाल्माजले लिगमा १९ अंक मात्रै जोडेको छ । लास पाल्माजले लिगमा जम्मा ५ खेलमा मात्रै जित हासिल गरेको छ । त्यस्तै ४ खेलमा बराबरी तथा १६ खेलमा हार ब्यहोरेको लास पाल्माज रेलिगेसन क्षेत्रमा रहेको छ ।

बार्सिलोनादेखि लास पाल्माजको दुरी

बार्सिलोनाले लिगको २६ औं खेलको लागि २४ सय किलोमिटरभन्दा बढीको लामो दुरी तय गर्नुपर्नेछ । स्पेनको दक्षिण क्यानरी आइल्याण्डको क्लब हो लास पाल्माज । यतिका लामो दुरी तय गरेर आउने जाने गरेपछि बार्सिलोनाले अर्को खेल लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग खेल्नुपर्नेछ ।

खेलाडी सूची

प्रशिक्षक भालभर्डेले लास पाल्माजसँगको खेलको लागि १८ जना खेलाडीहरुको सूची सावर्जनिक गरेको छ ।
खेलमा दुई खेलाडीहरु समावेश भएका छैनन् । राईट ब्याक नेल्सन सेमेडो घाइते भएका तथाक जोर्डी अल्बा पहँलो कार्डको कारण एक खेल निलम्बनमा परेका छन् ।

दुबै टिमको अन्तिम ५ खेल

लास पाल्माजः अन्तिम ५ खेलमा लास पाल्माजले २ खेलमा हार, दुई खेलमा बराबरी तथा एक खेलमा जित दर्ता गरेको छ ।
बार्सिलोनाः बार्सिलोनाले अन्तिम ५ खेलमध्ये ३ खेलमा जित तथा २ खेलमा बराबरीखेलेको छ ।

३३ खेलमा अपराजित हुने अवसर

बार्सिलोना लगातार ३२ खेलमा अपराजित रहेको छ । आज हुने लास पाल्माजसँगको खेलमा पनि अपराजित भएमा सो रेकर्डमा नयाँ रेकर्ड थपिन्छ । बार्सिलोनाले सन् २०१७ को अक्टोबर १ मा लास पाल्माजलाई ३–० गोलले क्याम्प नाउमा पराजित गरेको थियो ।

कसरी हेर्ने

आज हुने खेल नेपाली दर्शकहरुले सोनी टेन २ च्यानल मार्फत प्रत्यक्ष रुपमा हेर्न सक्नेछन् भने सोनीलिभ डटकम तथा सोनी लिभ मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here