एथ्लेटिको मड्रिड बार्सिलोनाभन्दा मात्र ४ अंकले पछाडि

बार्सा नेपाल, फागुन १७ । बुधबार राति सम्पन्न स्पेनिस लिग ला लिगाको खेलमा एथ्लेटिको मड्रिडको लागि एन्टोनियो ग्रिजम्यानको गोलले लेगानेसलाई ४–० गोलले हराएपछि शिर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी मात्र ४ ले घटाएको छ ।

घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा भएको खेलमा सबै गोल एन्टोनियो ग्रिजम्यानले गरे । उनले खेलको २६ औं मिनेटमा कोकेको पासमा, ३५ औं आफ्नै प्रयासले, ५६ औं मिनेटमा फिलिपे लुईस तथा ६७ औं मिनेटमा डियगो कोस्टाको एसिस्टमा गोल गरे ।

लिगमा कूल २६ खेल खेलेको एथ्लेटिको मड्रिडले २६ खेलबाट ६१ अंक जोडेको छ भने १ खेल कम खेलेको बार्सिलोनाको ६५ अंक रहेको छ ।

त्यस्तै, बुधबार नै सम्पन्न अन्य खेलहरुमा एथ्लेटिक बिल्बाओले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलको छ । एथ्लेटिकको लागि ६९ औं मिनेटमा ओस्कार डी मार्कोसले तथा भ्यालेन्सियाको लागिक २३ औं मिनेटमा कोन्डोम्बियाले गोल गरेका हुन् ।

उता सेभियाले मालागालाई १–० गोलले हराउँदा गेटाफेले पनि डिर्पोटिभो ला कोरुनालाई ३–० गोलले तथा एइबारले भिलारियललाई १–० गोलले हराएको छ ।

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here