अर्थुर मेलो बार्सिलोनाको जर्सीमा, के उनीसँग सम्झौता भइसकेको हो त ?

बार्सा नेपाल, फागुन १७ । पछिल्लो केहीदिन यता ब्राजिलको व्यवसायिक फुटबल क्लब ग्रामियोका मिडफिल्डर अर्थुर मेलोले लगाएको बार्सिलोनाको जर्सीको चर्चा ब्यापक भएको छ । सिजनको शुरुदेखि नै बार्सिलोनाले भित्र्याउन चाहेको मेलोको बारेमा कतिपय मिडियाहरुले सम्झैता भइसकेको जनाएको छ भने कतिपयले सम्झौता करिब–करिब अन्तिम चरणमा पुगेको बताएको छ ।

२१ वर्षीय ब्राजिलयन मेलोले लगाएको बार्सिलोनाको जर्सी ‘फोटोसप’ गरिएको होइन । उनी गत डिसेम्बरमा क्याम्प नाउमा सेल्टासँग भएको खेलमा उपस्थित भएका थिए । खेल हेर्न आएका उनले बार्सिलोनाको टेक्निकल सेक्रेटरी रोबर्ट फर्नान्डेजसँग स्थानान्तरणबारे वार्ता पनि गरेका थिए । साथै बार्साको जर्सीमा उनीसँगै खिचाएको फोटोको पनि चर्चा रहेको छ । सो फोटो स्पेनिस मिडिया मार्साले भेट्टाएर भाइरल भएको हो ।

त्यसोत मेलो र बार्सिलोनाबीच भएको यो पहिलो भेट भने होइन । उनीहरुबीच कयौं पटक भेटवार्ता भइसकेको छ । करिब–करिब स्थानान्तरण रकमबारे कुरा पनि मिलिसकेको छ । बार्सिलोनाले ग्रामियोलाई करिब ३० मिलियन यूरो दिन तयार रहेको जनाइसकेको छ । उक्त रकममध्येको १० मिलियन मेलोले खेल्ने खेलमा पनि भर पर्ने जनाइएको छ ।

मेलो तत्कालै बार्सिलोना आउन लागेको भने होइन् । उनी अर्को सिजन वा सन् २०१९ को जनावरीसम्म बार्सिलोना आउने कुरा मार्सामा उल्लेख छ ।

को हुन् अर्थुर मेलो ?

सन् १९९६ को अगष्ट १२ मा ब्राजिलमा जन्मिएका मेलोको युथ टिम ग्रामियो नै हो । उनी सने २०१६ मा पहिलो टिमका खेलाडी बनेका हुन् । उनले ग्रामियोबाट ४८ खेल खेलिसकेका छन् भने जसमा २ गोलको योगदान समेत रहेको छ । उनले ब्राजिलको अन्डर १७ तथा अन्डर २० को टिमबाट खेल खेलिसकेका छन् भने राष्ट्रिय टिमबाट भने डेब्यु गर्न पाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here