अन्तिम ५२ सेकेन्ड सम्हालिन नसक्दा इस्प्यानियोलले रियल मड्रिडलाई हरायो

बार्सा नेपाल, फागुन १६ । अन्तिम ५२ सेकेन्ड सम्हालिन नसक्दा रियल मड्रिडले क्याटालान टिम इस्प्यानियोलसँग हार ब्यहोरेको छ । मंगलबार राति इस्प्यानियोलको घरेलु मैदान आरसीडीई रंगशालमा भएको खेलमा इस्प्यानियोलको लागि सर्जियो गार्सियाको पासमा जेरार्ड मोरेनोले गोल गरेका हुन् ।

बल पोसेसन पाहुना टोलीले नियन्त्रणमा राखे पनि खेलमा तीन अंक जोड्न घरेलु टोली सफल देखियो । इस्प्यानियोलको ७ वटा प्रहार फ्रेममा परेको थियो । डिएगो लोपेजले ति सबै प्रहारहरु निस्तेज बनाइदिए । रियलले पनि ४ वटा प्रहार फ्रेममा गरेको थियो । रियलको लागि बाधक रियलकै पूर्व गोलकिपर डिएगो लोपेज बने ।

तीन ३ अंक जोडे पनि इस्प्यानियोल ३१ अंकको साथ लिगको १३ औं स्थानमा रहेको छ । रियल मड्रिडले अंक गुमाए पनि लिगको तेस्रो स्थानमै छ । १ खेल कम खेलेको भ्यालेन्सियाले एथ्लेटिक बिल्बाओसँग खेल खेल्दैछ । उक्त खेलमा जित निकालेमा भ्यालेन्सिया तेस्रो स्थानमा उक्लिनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here