ब्यस्त फेब्रुअरी महिनामा बार्सिलोनाको प्रदर्शन कस्तो रह्यो (विश्लेषण)

बार्सा नेपाल, फागुन १६ । बार्सिलोनाले फ्रेब्रुअरी महिनामा ७ वटा खेल खेलिसकेको छ । क्लबले कोपा डेल रेको २ वटा लेग, ला लिगाको ४ वटा खेल तथा १ च्याम्पियन्स लिग खेलेको हो । उक्त खेलहरुमा ४ खेलमा जित तथा ३ खेलमा बराबरीको नतिजा बार्सिलोनाले निकाल्यो ।

बार्सा १–० भ्यालेन्सिया

बार्सिालोनाले फ्रेब्रुअरी २ (नेपाली मिति) अनुसार भ्यालेन्सियासँग कोपा डेल रेको सेमिफाइनलको पहिलो लेग क्याम्प नाउमा खेल्यो । उक्त खेलमा स्वारेजले ६७ औं मिनेटमा गरेको गोलले १–० को अग्रता बार्सिलोनाले बनायो ।

इस्प्यानियोल १–१ बार्सा

फ्रेब्रुअरी ४ मा भएको क्याटालान डर्बी भिडन्तमा बार्सिलोनाले इस्प्यानियोलसँग १–१ गोलको बराबरी खेल्यो । इस्प्यानियोलको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमका खेलाडी जेरार्ड मोरेनोले गोल गरेर टोलीलाई अग्रता दिए पनि खेलको ८२ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

भ्यालेन्सिया ०–२ बार्सा

फेब्रुअरी ९ मा भएको कोपा डेल रे अन्तर्गतको सेमिफाइनलको दोस्रो लेगमा मेस्टालमा भएको खेलमा बार्सिलोना २–० ले विजयी भयो । उक्त खेलमा फिलिप कोउटिन्होले ४९ औं मिनेटमा तथा इभान राकेटिचले ८२ औं मिनेटमा गोल गरे । समग्रमा ३–० को जित निकाल्दै बार्सिलोनाले कोपा डेल रेको फाइनलमा स्थान बनाउनक सफल रह्यो ।

बार्सा ०–० गेटाफे

घरेलु मैदानमा बार्सिलोनालाई यस सिजन गोल रहित बराबरीमा रोक्ने एक मात्र क्लब हो गेटाफे । फेब्रुअरी ११ मा भएको खेलमा गेटाफेले लिगमा राम्रो अंकको अग्रता बनाएको बार्सिलोनाको अंक खोस्न सफल रह्यो । बार्सिलोनाले ८० प्रतिशत बल पोसेसन होल्ड गर्दा पनि गोल भने गर्न सकेन ।

एइबार ०–२ बार्सा

फेब्रुअरी १७ मा सम्पन्न ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले एइबारको घरेलु मैदानमा २–० जित हासिल गर्यो । उक्त जितमा लुईस स्वारेजले खेलको १६ औंक मिनेटमा तथा जोर्डी अल्बाले ८८ औं मिनेटमा गोल गरेका हुन् ।

चेल्सी १–१ बार्सा

निकै नै प्रतिक्षित च्याम्पियन्स लिग अन्तर्गतको खेल चेल्सी र बार्साबीचको खेल फेब्रुअरी २१ मा भएको हो । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले अवे मैदानबाट फाइदा उठाएको छ । बार्सिलोनाले चेल्सीसँग १–१ को बराबरी खेलेको हो । चेल्सीको लागि खेलको ६२ औं मिनेटमा चेल्सीका विलियानले गोल गरे पनि ७५ औं मिनेटमा लियोनल मेसीले गोल गरी खेल बराबरीमा ल्याएका हुन् ।

बार्सा ६–१ जिरोना

बार्सिलोनाले फेब्रुअरीमा सबैभन्दा ठूलो सफलता जिरोनासँगको खेलमा पायो । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले जिरोनालाई ६–१ गोलले पराजित गर्यो । फेब्रुअरी २५ मा सम्पन्न क्याटालान डर्बीमा जिरोनाले अग्रता लिएको थियो तर, उत्कृष्ट कमब्याक गरी बार्सिलोनाले ठूलो जित निकालेको हो । बार्सिलोनाको लागि लुईस स्वारेजले ह्याट्रिक गरे । उनले खेलको ५ औं, ४४ औं तथा ७६ औं मिनेटमा गोल गरे । त्यस्तै लियोनल मेसीले ३० औं तथा ३६ औं मिनेटमा गोल गरे भने फिलिप कोउटिन्होले ६६ औं मिनेटमा गोल गरे ।

समग्रमा बार्सिलोनाको लागि फेब्रुअरी महिना सफल रह्यो । ७ वटा खेल खेल्ने काम सजिलो होइन । त्यसमा पनि ३ खेलमा मा मात्रै बराबरी ब्यहोरेको यस बराबरीबाट बार्सिलोनाले केही पनि गुमाएको छैन । यसै महिनामा ३२ खेलमा अपराजित बार्सिलोनाले आफ्नै रेकर्ड तोडेको छ । मेसीको लागि पनि यो महिना सफल नै रह्यो । चेल्सीसँगको बराबरी गोल तथा जिरोनासँग गोल गरेपछि ला लिगाका सबै क्लब (३६ क्लब) बिरुद्ध गोल गर्ने उनी पहिलो खेलाडी बने ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here