के साँच्चै नेयमार घाइते भएको समाचार थाहा पाएर मेसी र कोउटिन्हो हाँसेका हुन् त ?

बार्सा नेपाल, फागुन १५ । बेलायतको अनलाइन मिडिया एक्सप्रेसले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी र फिलिप कोउटिन्हो नेयमार मार्सेसँगको खेलमा चोटग्रस्त हुँदाको भिडियो हेर्दा हाँसेको समाचार प्रकाशित गरेको छ ।
उक्त समाचारका अनुसार मेसी र कोउटिन्होले नेयमारको अवस्था त्यति चिन्ताजन नभएको भन्दै हाँसेका हुन् । नेयमार आफैले अनावश्यक रुपमा मार्सेका खेलाडसँग भएको बल पछाडीबाट खोस्ने प्रयास गरेका थिए । उक्त प्रयास खेर गएपछि उनी मैदानमा लडेका थिए ।
समाचारको जे जस्तो कुरा प्रकाशित भए पनि मेसीले नेयमारको बारेमा कहिल्यै नराम्रो बोलेका छैनन् । अझै टिम गेमको लागि उनले नेयमारलाई सघाउने गरेका थिए भने नेयमारले पनि मेसीलाई आफ्नो आदर्शवान् खेलाडीको रुपमा लिँदै आएका छन् । उता कोउटिन्हो पनि ब्राजिलियन सहकर्मी भएको हुनाले यी दुबैले नेयमारको खिल्ली उडाउने काम नगरेको भन्दै सामाजिक सञ्जालमा बहस शुरु भएको छ ।
हाल नेयमारले चोट सामान्य नभएको समाचार प्रकाशित भएको छ । उनले च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिड बिरुद्ध पीएसजीले ‘गर या मर’ भनेर खेल्ने खेल पनि गुमाउने भएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here