रियल मड्रिडसँग ‘गर या मरको’ खेल नेयमारले गुमाउने

बार्सा नेपाल, फागुन १४ । आइतबार राति मार्सेसँग भएको खेलमा घाइते भएका नेयमारले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग गुमाउने भएका छन् । पीएसजीको घरेलु मैदानमा हुने रियल मड्रिडसँगको ‘गर या मर’को खेल नेयमारले गुमाउने भएपछि सबैभन्दा बढी चिन्ता प्रशिक्षक युनाई एम्रीलाई परेको छ ।

च्याम्पियन्स लिगको उपाधी जित्नकै लागि बार्सिलोनाबाट २२२ मिलियन यूरो तिरेर ल्याएका नेयमार घाइते हुँदा पीएसजीलाई ठूलो धक्का लागेको छ । रियल मड्रिडसँगको पहिलो लेगमा पीएसजी ३–१ गोलले पछाडि परेको छ ।

चोटले नेयमार मैदानमै रोए, रियल मड्रिडसँगको खेल गुमाउने खतरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here