बार्सिलोनाको लिग जित्ने चाहनामा एथ्लेटिको मड्रिड चुनौती बन्नसक्ने

बार्सा नेपाल, फागुन १४ । आइतबार राति सम्पन्न स्पेनिस लिग ला लिगमा एथ्लेटिको मड्रिडले सेभियालाई ५–२ गोल अन्तरले पराजित गरेको छ । सेभियाको घरेलु मैदानमा सम्पन्न खेलमा एथ्लेटिको मड्रिडको लागि एन्टोनियो ग्रिजम्यानले ह्याट्रिक पुरा गरे । उनले खेलको ४२ औं, ५१ औं तथा ८१ औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै, २९ औं मिनेटमा डियगो कोस्टाले तथा ६५ औं मिनेटमा कोकेले गोल गरे । उता सेभियाको लागि भने ८५ औं मिनेटमा पाब्लो साराबिया तथा नोलिटोले क्रमश ८५ औं तथा ८९ औं मिनेटमा गोल गरे ।

जितसँगै स्पष्ट तीन अंक जोडेर एथ्लेटिको मड्रिडले शिर्ष स्थानमा रहेको बार्सिलोनालाई टक्कर दिइरहेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाले लिगको कुनै पनि खेलमा हार ब्यहोरेको छैन । कूल २० खेलमा जित तथा ५ खेलमा बराबरी खेल्दै बार्सिलोनाले ६५ अंक जोड्दा समान २५ खेलबाट एथ्टेटिको मड्रिडले पनि ५८ अंक जोडेको छ । उसले १७ खेलमा जित, ७ खेलमा बराबरी तथा १ खेलमा मात्रै हार ब्यहोरेको छ ।

यी दुई टिमको अंकदुरी जम्मा ७ अंकको मात्रै रहेको छ । सिजनको सुरुमा केही खराब प्रदर्शन गरेको एथ्लेटिको मड्रिड पछिल्लो समय फर्ममा रहेको छ । यसहिसावले बार्सिलोनाले केही खेलमा गल्ती गरेमा त्यसको फाइदा एथ्लेटिको मड्रिडले उठाउने देखिन्छ । सन् २०१३–४ को सिजनमा पनि बार्सिलोनाको गल्तीको फाइदा उठाउँदै एथ्लेटिको मड्रिडले ला लिगा उपाधि चुमेको थियो । कूल ३८ खेलबाट एथ्लेटिको मड्रिडले ९० अंक जोडेको थियो भने बार्सिलोनाले ८७ अंक मात्रै जोडेको थियो । अझै लिगमा ८ खेल बाँकी रहेको छ । सिजनको अन्त्यतिर लिग अझै बलियो भएर आउने हुँदा बार्सिलोनाले सम्हालिएर खेल प्रस्तुत गर्नुपर्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here