चोटले नेयमार मैदानमै रोए, रियल मड्रिडसँगको खेल गुमाउने खतरा

बार्सा नेपाल, फागुन १४ । आइतबार राति मार्सेयसँगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी नेयमार घाइते भएका छन् । घेरेलु मैदानमा भएको खेलमा ट्याकलको कारण उनको गोली गाँठोमा चोट लागेको छ । नेयमारलाई चोट लागपछि पनि रेफ्रीले केही समयसम्म खेल सञ्चालन गरिरहेका थिए । तर उनी मैदानमै रोएपछि खेल केही बेरको खेल रोकिएको थियो । उनी मैदानमा लडेपछि प्रशिक्षक युनाई एम्री छटपटिएका थिए । रेफ्रीलाई मैदानमा मेडिकल टोली पठाउन आग्रह गरिरहेका थिए । सो चोटले उनले रियल मड्रिडसँग हुने च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग गुमाउन सक्ने समाचारहरुमा बताइएको छ ।

मार्सेसँगको खेल पीएसजीले ३–० ले जितेको थियो । खेलमा खेलपछिको पत्रकार सम्मेलनमा कुरा गर्दै प्रशिक्षक युनाई एम्रीले रियलसँग हुने दोस्रो लेगमा नेयमारको आवश्यकता रहेको बताएका छन् । उनी नभएको खण्डमा घरेलु मैदानको फाइदा उठाएर अर्को चरणमा पुग्न कठिन हुने उनको ठम्याइ रहेको छ ।

पछिल्लो मेडिकल रिपोर्ट अुनसार नेयमारको चोट गम्भीर नरहेको बताइएको छ । उनको आँखाबाट आँसु नै झर्दा चोट निकै गम्भीरजस्तो देखिन्थ्यो ।

पीएसजीले मार्च ७ मा घरेलु मैदानमा रियल मड्रिडको सामना गर्नुपर्नेछ । यसअघिको खेलमा रियल ३–१ गोलले अघि रहेको छ । समग्रमा बढी गोलअन्तर ल्याउनको लागि पीएसजीलाई कठिन देखिन्छ । यदि नेयमार नै नभएको खण्डमा त झनै कठिन हुने एम्रीले बताइसकेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here