बार्सा समर्थकहरुलाई थाहा हुनै पर्ने यी कुरा

बार्सा नेपाल । फुटबल क्लब बार्सिलोनाको स्थापना सन् १८९९ नोभेम्बर २९ मा भएको हो । ११८ वर्षभन्दा बढी लामो इतिहास बोकेको बार्सिलोनाको स्थापनाको पनि छुट्टै इतिहास रहेको छ । सन् १८९९ अक्टोबर २२ मा हान्स काम्पर नामक स्विडेनका नागरिकले फुटबल क्लब खोल्ने भन्दै बार्सिलोनाको एक स्थानीय पत्रिकामा विज्ञापन छपाएका थिए ।

जोन ग्याम्पर, संस्थापक

त्यसपछि उनले पाएको प्रतिक्रिया र समर्थनबाट उनले नोभेम्बर २९ मा एक बैठकको आयोजना गरेका थिए । सो बैठकमा ११ जना खेलाडीहरुको सहभागिता रहेको थियो जसको नेतृत्व जोन ग्याम्परले गरेका थिए । सोही कारण बार्सिलोनाको संस्थापक भनेर जोन ग्याम्परलाई लिइन्छ । उनैको नाममा बार्सिलोनाले हरेक सिजनको शुरुमा ‘जोन ग्याम्पर’ कप खेल्ने गरेको छ ।

शुरुवाती दिनहरुमा मात्रै होइन हालसम्म पनि क्लब क्याटालोनियाको परिचयको रुपमा रहेको छ । क्लबको नारा नै ‘मेस् क्यू इन क्लब’ अर्थात क्लबभन्दा पनि माथि रहेको छ । फुटबल क्लबको रुपमा स्थापना भएको बार्सिलोनाको ४ वटा व्यवसायिक फुटबल टिम रहेको छ । साथै १३ वटा टिमले उमेर समूह अनुसार प्रशिक्षण पाइरहेका छन् । यसको साथै बार्सिलोनाकै बास्केटबल टिम, ह्यान्डबल टिम, फुटसल टिम, रोलर हक्की टिम, आइस हक्की टिम, फिल्ड हक्की, स्केटिङ, रग्वी तथा भलिवल टिम पनि रहेको छ । यी सबैको नेतृत्व फुटबल क्लब बार्सिलोनाका अध्यक्षले नै गर्ने गरेका छन् ।

बार्सिलोनाको लोगो

धेरै बार्सा समर्थकहरुलाई बार्सिलोनाको पछिल्लो लोगो मात्रै थाहा छ । तर, स्थापनाको समयमा क्लबले प्रयोग गर्ने लोगो बिल्कुलै फरक खालको रहेको छ । क्लबले हालसम्म १० पटकसम्म लोगोमा परिमार्जन गरिसकेको छ । स्थापनाकालको समयमा क्लबले प्रयोग गरेको लोगोलाई सन् १९१० मा बिल्कुलै भिन्न बनाइयो त्यसपछि सोही लोगोमा नै केही थपघट गरेको पाइन्छ । त्यसपछि लोगोलाई सन् १९२०, १९३६, १९४१, १९४९, १९६०, १९७४, १९७५ तथा २००२ मा हल्का परिमार्जन गरिएको थियो । स्थापना कालमा प्रयोग गरिएको लोगो ‘डाइमन्ड’को आकारमा रहेको थियो साथै लोगोको माथि राजाको श्रीपेच र दायाँ बायाँ दुईवटा हाँगाको पनि प्रयोग गरिएको थियो । उक्त हाँगा लोरेल वृक्षको थियो । हाल उक्त लोगोमा ति कुराहरु देख्न पाइदैन ।


परिवर्तित लोगोहरु

यदी तपाई बार्सिलोनाको फ्यान हो भने यी कुरा जान्नैपर्छ

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here