ला लिगाको ३६ टिमबिरुद्ध गोल गर्ने मेसी पहिलो खेलाडी

बार्सा नेपाल, फागुन १३ । जिरोनासँगको खेलमा दुई गोल गरेसँगै लियोनल मेसीले ला लिगाका ३६ वटा क्लबलाई गोल गरेका छन् । उनले उनको करिअरमा ला लिगा खेल्ने सबै क्लबबिरुद्ध गोल गरेका हुन् । मेसीले जिरोनाबिरुद्ध दुई गोल गरेका थिए । हालसम्म अन्य कुनै खेलाडीले पनि मेसीले भन्दा बढी टिमबिरुद्ध गोल गर्न सकेका छैनन् ।

मेसीले हालसम्म देश तथा क्लबको लागि ७५० वटा खेल खेलेका छन् । जसमध्ये ५९८ गोल गरेका छन् भने २४६ वटा एसिस्ट् पनि प्रदान गरेका छन् ।

मेसीले धेरै गोल गरेका १० क्लबहरु

मेसीले सन् २०१७/१८ को सिजनमा देश तथा क्लबको लागि ४४ खेल खेलेका थिए जसमा ३३ गोल तथा १५ एसिस्टको योगदान गरेका थिए भने जारी वर्षमा १४ खेल खेल्दा ११ गोल तथा ८ वटा एसिस्ट प्रदान गरेका छन् ।

मेसी जारी ला लिगा सिजनको उच्च गोलकर्ता पनि हुन् । उनले हालसम्म २० गोल गरिसकेका छन् भने दोस्रो स्थानमा बार्सिलोनाकै स्वारेज रहेका छन् । उनले पनि १७ गोल गरिसकेका छन् ।

त्यस्तै मेसीले ११ वटा बल एसिस्ट पनि प्रदान गरिसकेका छन् ।

डर्बी भिडन्तमा बार्सिलोनाको उत्कृष्ट कमब्याक, स्वारेजको ह्याट्रिक मेसीको ब्रेस

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here