३२ खेलमा अपराजित बार्साको अबको लक्ष्य रियल सोसिडाडको रेकर्ड तोड्ने

बार्सा नेपाल, फागुन १३ । बार्सिलोना शनिबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा जिरोनासँग ६–१ को जित निकाल्दै ३२ खेलसम्म अपराजित यात्रा कायम राखेको छ । क्याटालान डर्बीमा जिरोनालाई पराजित गरेसँगै अर्नेष्टो भालभर्डेको बार्सिलोनाले पेप ग्वार्डिवलाको बार्सिलोनाको रेकर्ड भंग गर्दै नयाँ रेकर्ड कायम राखेको हो ।

बार्सिलोना हालसम्म ला लिगाको ३२ खेलमा अपराजित रहेको छ । यसभन्दा अघि सन् २०१०/११ को सिजनमा बार्सिलोना ३१ खेलमा अपराजित रहेको थियो ।

गत सिजन लुई इन्रिके प्रशिक्षक हुँदा रियल सोसिडासँग खेल हारेदेखि बार्सिलोनाले कुनै पनि खेल हारेको छैन । इन्रिकेको प्रशिक्षमा रहेको बार्सिलोना ७ खेलमा अपराजित थियो भने त्यसपछि प्रशिक्षक भालभर्डेले २५ खेलको रेकर्ड कायम राखेका हुन् ।

३२ खेलमध्ये बार्सिलोनाले २७ खेलमा जित तथा ५ खेलमा मात्रै बराबरी गरेको छ ।

लिगमा ३८ खेलमा अपराजित यात्रा रियल सोसिडाडले कायम गरेको छ । सन् १९७८/७९ को रियल सोसिडाड ३८ खेलसम्म अपराजित रहेको थियो । बार्सिलोना अब यो रेकर्ड तोड्नको लागि अग्रसर रहेको छ ।

ला लिगाको ३६ टिमबिरुद्ध गोल गर्ने मेसी पहिलो खेलाडी

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here