मार्क कार्डोनले बार्सा बीको हार टारे

बार्सा नेपाल, फागुन १३ । शनिबार राति सम्पन्न स्पेनिस सेगुन्डा डिभिजनको लिगमा बार्सिलोना बीले घरेलु मैदानमा बराबरी खेलेको छ । घरेलु मैदान मिनी स्टेडियममा भएको खेलमा बार्सा बीले जिमनास्टिकसँग १–१ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेले पनि दोस्रो हाफमा पाहुन टोलीले अग्रता लिएको थियो ।

पाहुना टोली जिमनास्टिकका ओटार काबाज्जाले गोल गरेका हुन् । १–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै बार्सा बीका मार्क कार्डोनाले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको बाँकी समयमा थप गोल हुन सकेन र दुबै टोलीले अंक बाँडे ।

लिगमा २८ खेल खेलेको बार्सा बीले ३४ अंक जोडेर लिगको १४ औं स्थानमा रहेको छ । लिगको शिर्ष स्थानमा रहेको ओस्काको ५५ अंक, दोस्रो स्थानमा रहेको रायो भाल्क्यानोको ५० अंक तथा तस्रो स्थानमा रहेको काडिसको ४८ अंक रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here