यी हुन् इंग्लिस क्लबबिरुद्ध सबैभन्दा बढी गोल गर्ने ५ खेलाडी, मेसी शिर्षस्थानमा

बार्सा नेपाल, फागुन १२ । प्रिमियर क्लबलाई सबैभदा बलियो क्लब भन्ने गरिन्छ । तर, पछिल्लो समयको च्याम्पियन्स लिगको तथ्यांक हर्ने हो भने प्रायः ला लिगाका टिमहरुले डोमिनेट गरेको देख्न सकिन्छ । यसबारेमा हामीले यसअघि नै एउटा तथ्यांकमा आधारित रिपोर्ट प्रकाशित गरिसकेका छौं ।

ला लिगा कसरी विश्वको सबैभन्दा सर्वोत्कृष्ट लिग ? (विश्लेषण)

यहाँ हामीले च्याम्पियन्स लिगमा इंग्लिस क्लबबिरुद्ध सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुको जानकारी प्रकाशित गरेका छौं ।

५. स्यामुयल इटो– ८ गोल

स्यामुअल इटोले पहिलोपटक सन् २००१ मा इंग्लिस क्लब बिरुद्ध खेल खेले । उनले रियल मालोर्काबाट आर्सनल बिरुद्ध खेलेका हुन् । सो समयमा २० वर्षका उनले गोल भने गर्न सकेनन् । तर, त्यसको ४ वर्षपछि बार्सिलोनाको जर्सीमा चेल्सीसँग उत्रदाँ भने गोल गर्न सफल भए । उनले बार्सिलोनाबाट सन् २००४ देखि २००९ सम्म खेले ।

हालसम्म उनले इंग्लिस क्लबबिरुद्ध ८ गोल गरिसकेका छन् ।

  • चेल्सीबिरुद्ध (२००४/०५) अन्तिम १६
  • चेल्सीबिरुद्ध (२००५/०६) अन्तिम १६
  • आर्सनलबिरुद्ध (२००५/०६) फाइनल
  • म्यान्चेस्टर युनाइटेबिरुद्ध (२००८/०९) फाइनल
  • चेल्सीबिरुद्ध (२००९/१०) सेमिफाइनल
  • टोटनहमबिरुद्ध (२०१०/११) समूह चरण
  • टोटनहमबिरुद्ध (२०१०/११) समूह चरण
  • टोटनहमबिरुद्ध (२०१०/११) समूह चरण

४. रिभाल्डो– ८ गोल

रिभाल्डो पनि इंग्लिस क्लबबिरुद्ध धेरै गोल गर्ने खेलाडीको सूचीमा अटाएका छन् । उनले पनि इंग्लिस क्लबबिरुद्ध ८ गोल गरेका छन् । रिभाल्डोले बार्सिलोनाबाट सन् १९९७ देखि सन् २००२ सम्म खले ।

  • म्यान्चेस्टर युनाइटेडबिरुद्ध (१९९८/९९) समूह चरण
  • म्यान्चेस्टर युनाइटेडबिरुद्ध (१९९८/९९) समूह चरण
  • आसर्नलबिरुद्ध (१९९९/००) समूह चरण
  • चेल्सीबिरुद्ध (१९९९/००) क्वार्टरफाइनल
  • चेल्सीबिरुद्ध (१९९९/००) क्वार्टरफाइनल
  • लिड्स युनाइटेडबिरुद्ध (२०००/०१) समूह चरण
  • लिड्स युनाइटेडबिरुद्ध (२०००/०१) समूह चरण
  • लिभरपुलबिरुद्ध (२००४/०५) समूह चरण

३. थोमास मुलर – ९ गोल

इंग्लिस क्लबबिरुद्ध सबैभन्दा धेरै गोल गर्ने खेलाडीको तेस्रो स्थानमा थोमास मुल पर्छन् । मुलर बार्यन म्युनिखका खेलाडी हुन् । उनले सुरुमा म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटीबिरुद्ध गोल गर्न सकेनन् । उनी सन् २०११÷१२ को सिजनमा मात्रै सफल भएका थिए ।

  • चेल्सीबिरुद्ध (२०११/१२) फाइनल
  • आर्सनलबिरुद्ध (२०१२/१३) अन्तिम १६
  • म्यान्चेस्टरसिटीबिरुद्ध (२०१३/१४) समूह चरण
  • म्यान्चेस्टरसिटीबिरुद्ध (२०१३/१४) समूह चरण
  • आर्सनलबिरुद्ध (२०१३/१४) अन्तिम १६
  • म्यान्चेस्टर युनाइटेडबिरुद्ध (२०१३/१४) क्वार्टरफाइनल
  • आर्सनलबिरुद्ध (२०१५/१६) समूह चरण
  • आर्सनलबिरुद्ध (२०१५/१६) समूह चरण
  • आर्सनलबिरुद्ध (२०१६/१७) अन्तिम १६

 २. क्रिस्टियानो रोनाल्डो – ११ गोल

पोर्चुगिज रोनाल्डो इंग्लिस क्लबबिरुद्ध सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा रहेका छन् । उनले हालसम्म ११ गोल गरेका छन् । उनको पहिलो गोल चेल्सीबिरुद्ध हो । उनले सन् २००७/०८ को सिजनमा चेल्सीबिरुद्ध फाइनलमा गोल गरेका थिए ।

  • चेल्सीबिरुद्ध (२००७/०८) फाइनल
  • आर्सनलबिरुद्ध (२००८/०९) सेमिफाइनल
  • आर्सनलबिरुद्ध (२०००/०९) सेमिफाइनल
  • टोटनहमबिरुद्ध (२०१०/११) क्वार्टरफाइनल
  • टोटनहमबिरुद्ध (२०१०/११) क्वार्टरफाइनल
  • म्यान्चेस्टर सिटीबिरुद्ध (२०१२/१३) समूह चरण
  • म्यान्चेस्टर युनाइटेडबिरुद्ध (२०१२/१३) अन्तिम १६
  • म्यान्चेस्टर युनाइटेडबिरुद्ध (२०१२/१३) अन्तिम १६
  • लिभरपुलबिरुद्ध (२०१४/१५) समूह चरण
  • टोटनहमबिरुद्ध (२०१७/१८) समूह चरण
  • टोटनहमबिरुद्ध (२०१७/१८) समूह चरण

१.लियोनल मेसी – १८ गोल

मेसी प्रिमियरलिगका क्लबबिरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले बलिया भनिएका इंग्लिस क्लबहरुलाई स्तब्ध पारेका छन् । मेसीको इंग्लिस क्लबमा सबैभन्दा फेभरेट टिम आर्सनल हो । उनले आर्सनलबिरुद्ध ९ गोल गरेका छन् ।

  • म्यान्चेस्टर युनाइटेडबिरुद्ध (२००८/०९) फाइनल
  • आर्सनलबिरुद्ध (२००९/१०) क्वार्टरफाइनल
  • आर्सनलबिरुद्ध (२००९/१०) क्वार्टरफाइनल
  • आर्सनलबिरुद्ध (२००९/१०) क्वार्टरफाइनल
  • आर्सनलबिरुद्ध (२००९/१०) क्वार्टरफाइनल
  • आर्सनलबिरुद्ध (२०१०/११) अन्तिम १६
  • आर्सनलबिरुद्ध (२०१०/११) अन्तिम १६
  • म्यान्चेस्टर युनाइटेडबिरुद्ध (२०१०/११) फाइनल
  • म्यान्चेस्टर सिटीबिरुद्ध (२०१३/१४) अन्तिम १६
  • म्यान्चेस्टर सिटीबिरुद्ध (२०१३/१४) अन्तिम १६
  • आर्सनलबिरुद्ध (२०१५/१६) अन्तिम १६
  • आर्सनलबिरुद्ध (२०१५/१६) अन्तिम १६
  • आर्सनलबिरुद्ध (२०१५/१६) अन्तिम १६
  • म्यान्चेस्टर सिटीबिरुद्ध (२०१६/१७) समूह चरण
  • म्यान्चेस्टर सिटीबिरुद्ध (२०१६/१७) समूह चरण
  • म्यान्चेस्टर सिटीबिरुद्ध (२०१६/१७) समूह चरण
  • म्यान्चेस्टर सिटीबिरुद्ध (२०१६/१७) समूह चरण
  • चेल्सीबिरुद्ध (२०१७/१८) अन्तिम १६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here