MATCH DAY: बार्सिलोना बिरुद्ध जिरोना (प्रिभ्यू)

बार्सा नेपाल, फागुन १२ । बार्सिलोनाले आज लिगको २५ औ खेल घरेलु प्रतिद्धन्द्धी जिरोनासँग खेल्दैछ । नेपाली समय अनुसार आइतबार बिहान १ः३० बजेबाट शुरु हुने उक्त खेल घरेलु मैदान क्याम्प नाउमा हुनेछ ।

जिरोनासँग खेल्ने टोली

जिरोनासँगको खेलको लागि १८ सदस्यिय टोलीको घोषणा भइसकेको छ । जसमा टेर स्टेगन, सेमेडो, पिके, राकेटिच, बुस्क्वेट, इनियष्टा, स्वारेज, मेसी, डेम्बेल, सिलेसन, कोउटिन्हो, पाउलिन्हो, जोर्डी अल्बा, डिने, सर्जी रोबर्टो, एलेक्स भिडाल, युम्टीटी तथा भाईलिन रहेका छन् ।

यो हप्ता यारी मिना, पाको अल्कासर, डेनिस स्वारेज तथा आन्द्रे गोमेजलाई भने भालभर्डेले स्थान दिएका छैनन् ।

खेलबारे भालभर्डे के भन्छन् ?

शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक भालभर्डेले साँचै जिरोना राम्रो टिम भएको बताएका छन् । लिगमा पनि राम्रो स्थान बनाएको कारण खेल सहज नहुने उनको भनाई रहेको छ ।
पाब्लो मचिनले सम्हालिरहेको जिरोना चेल्सीजस्तै रहेको उनको प्रतिक्रिया थियो । सोही कारणले गर्दा निकै जोडबलका साथ खेल खेल्नुपर्ने उनको प्रतिक्रिया थियो ।

रेकर्डको सम्भावना

जिरोनालाई आजको खेलमा परास्त गरेमा बार्सिलोनाले क्लबले राखेको ३२ खेलको अपराजित यात्राको किर्तिमानी तोड्नेछ ।

मेसीको गोल

स्टार खेलाडी मेसीले ला लिगा टिममध्ये गोल नगरेको टिम जिरोना नै हो । आजको खेलमा मेसी गोल गर्न लागि पर्नेछन् । र सबै ला लिगा क्लबहरुलाई गोल गर्ने खेलाडी उनी बन्न चाहन्छन् ।

इतिहास

बार्सिलोनाले यस सिजनको पहिलो चरणको खेलमा जिरोनाको घरेलु मैदान मोन्टिलिभीमा ३–० गोलको जित निकालेको थियो । जसमा जिरोनाका बेनिटेज तथा इराजोजले एक/एक वटा आत्मघाति गोल गरेका थिए भने स्वारेजले ६९ औं मिनेटमा गोल गरेका थिए ।

यसभन्दा अघि पनि यी दुई क्लबहरु एक आपसमा भिडेका थिए । छिमेकी टिम भएको हुनाले सन् १९२२ मा जिरोनाले बार्सिलोनालाई मैत्रिपूर्ण खेलको लागि निम्तो दिएको थियो । उक्त खेल खेलमार्फत नै जिरोनाको घरेलु मैदानको उद्घाटन भएको थियो ।

साँचो कुरा के भने जिरोनाका समर्थकहरु पनि बार्सिलोनाका समर्थक हुन् । उनीहरु आफ्नो स्थानीय टिमलाई पनि समर्थन गर्छन् र बार्सिलोनालाई पनि ।

कसरी हेर्ने ?

बार्सिलोना तथा जिरोनाबीचको खेल हेर्न नेपालका दर्शकहरुले सोनी टेन टु च्यानलमार्फत हेर्न सक्नेछन् साथै सोनी लिभ मोबाइल एप तथा सोनीलिभ डटकममार्फत पनि हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here