सर्जी रोबर्टो सन् २०२२ सम्म बार्सामै बस्ने पक्का, रिलिज क्लज ५०० मिलियन

बार्सा नेपाल, फागुन ११ । धेरै बार्सा समर्थकहरुको प्रिय खेलाडी सर्जी रोबर्टोले क्लबसँग सम्झौता अबधि लम्ब्याउँदै नवीकरण गरेका छन् । बिहीबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तोमेउसँग उनले सम्झौतामा सन् २०२२ सम्म बस्ने गरी हस्ताक्षर गरेका हुन् ।

उनी बार्सिलोनाप्रति सँधै सद्भाव राख्ने खेलाडी पनि हुन् । उनले सार्वजनिक रुपमै बार्सिलोनाले दिने तलब भक्तामा आफु नलाग्ने बरु क्लबले पैसा नै नदिएपनि बार्साको खेल्ने बताउादै आएका थिए ।

तै पनि क्लबले उनीसँग सम्झौता गर्दै ५०० मिलियनको रिलिज क्लज तोकेको छ । १२ वर्षको उमेरदेखि बार्सिलोनामा आबद्ध उनले बार्सा बीबाट सन् २००९ देखि २०१३ सम्म खेलेका थिए । यसैबीचमा सिनियर टिमबाट सन् २०१० मै डेब्यू गरेका थिए । बार्साको सिनियर टिमबाट ११० भन्दा बढी खेल खेलेका उनले ४ वटा ला लिगा, ४ वटा कोपा डेल रे, १ स्पेनिस सुपर कप, २ च्याम्पियन्स लिग, १ यूरोपियन सुपर कप तथा १ क्लब वल्र्ड कपको उपाधी जित्दा टिमलाई योगदान दिइसकेका छन् ।

२००६ मा १४ बर्षको उमेरमा बार्सिलोनामा आएका रोबोर्टोले २००९ सम्म बार्सिलोनाको जुनियर टिममा खेलेका थिए । त्यसपछि उनले बार्सिलोनाको बि टिममा १०६ खेल खेलेका छन् । २०१० देखि बार्सिलोनाको सिनियर टिममा खेलेका रोबोर्टोले बार्सिलोनाका लागि ११५ खेल खेलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here