नेयमारको करिअर रियलबाट नयाँ उचाईमा पुग्ने युथ टिमका प्रशिक्षकको विश्वास

फागुन ११ । पछिल्लो समय ब्राजिलियन खेलाडी नेयमार रियल मड्रिड जाने हल्ला ब्यापक चलिरहेको छ । कतिपयले अन्दाजको भरमा कुरा गरिरहेका छन् । यी अन्दाजहरु पनि जायज छन् किनकी नेयमारलाई स्वागत गर्न रियल मड्रिड आतुर छन् । क्लबका अध्यक्ष फ्लोरेन्टिन्हो पेरेज नेयमारकै पछाडि छन् । प्रशिक्षक जिदानले पनि नेयमारको स्वागत गर्ने बताएका छन् । रियलका खेलाडी मार्सेल्लोले त झनै ढिलोचाँडो नेयमार रियल आउने बताइसकेका छन् ।

पछिल्लो समय पुनः नेयमारलाई रियलका लेजेन्डले क्लबमा आउन आग्रह गरेका छन् । रियलका पूर्व खेलाडी जोसे मारिया गुटी हर्नान्डेजले नेयमारलाई पिएसजी क्लब छोडेर रियल मड्रिड जान भनेका हुन् । १५ वर्ष रियलको सिनियर टिममा बिताएका गुटी रियल मड्रिडको युवा टिमको प्रशिक्षक पनि हुन् ।

उनले भनेका छन्, ‘नेयमारको तर्कसंगत निर्णय भनेको रियल नै हो । उनले लिग वान छोड्न चाहेमा जाने क्लब रियल नै हो । यदी उनी आफ्नो करिअरलाई नयाँ उचाइमा पुर्याउन चाहन्छन् भने नेयमार रियल आउनु उचित हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here