फिफाद्वारा नेयमारको विपक्षमा निर्णय, बार्सिलोनाले ३० मिलियन दिन नपर्ने

बार्सा नेपाल, फागुन ११ । नेयमारलाई नदिएको भनिएको बोनस रकमबारे बार्सिलोनालाई फिफाबाट कुनै कारबाही नहुने भएको छ । जारी सिजनको शुरुमा बार्सिलोनाबाट स्थानान्तरण गरेर फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका नेयमारले आफूलाई बार्सिलोनाले सम्झौता नविकरणको ३० मिलियन रकम नदिएको भन्दै आरोप लगाउँदै आएका थिए ।

नेयमारले बार्सिलोनामा रहँदा सन् २०२१ सम्म रहने सम्झौता गरेका थिए । तर, उक्त सम्झौताबिपरित पीएसजी जाने निर्णय गरेको थियो । उनी किर्तिमानी मूल्य २२२ मिलियन यूरोमा पीएसजी गएका थिए । सम्झौता बिपरित उनी पीएसजी गएको कारणले बार्सिलोनाले उक्त ३० मिलियन दिनु नपर्ने फिफाको ठहर रहेको छ ।

यसबारेमा फिफाले एक विज्ञप्ती नै निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here