अल्बालाई डेम्बेलेको नटमेग, मेसीको ताली

बार्सा नेपाल, फागुन ११ । ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले लिगको २५ औं खेल घरेलु प्रतिद्धन्दी जिरोनासँग खेल्दैछ । घरेलु मैदान क्याम्प नाउमा हुने खेलको लागि बार्सिलोनाले अभ्यास खेल खेलेको छ । बिहीबार भएको अभ्यास खेलमा स्ट्राइकर ओस्माने डेम्बेलेले जोर्डी अल्बालाई गरेको ‘नटमेग’ अहिले चर्चाको विषय बनेको छ ।

NEXT MATCH: बार्सिलोना घरेलु प्रतिद्धन्द्धीसँग भिड्ने

समूहमा ‘वान् टच’ पास खेरिहेका उनीहरुको बचिमा जोर्डी अल्बा बल खोस्ने भूमिकामा थिए । स्यामुअल युम्टीटीले डेम्बेलेलाई वान् टच बल दिएका थिए । उक्त बललाई डेम्बेलेले जोर्डी अल्बाको दुई खुट्टाकोबिचबाट छिराएर यारी मिना भएको ठाउँमा पुर्याइदिए । मिनाले सो बल मेसीलाई दिए । मेसीले बल रोकेर डेम्बेलेको उक्त प्रयासको सराहना गर्दै ताली बजाए । बल खोस्न आएका जोर्डी अल्बा लाजले भुतुक्कै भए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here