यी अष्ट्रेलियन ओपन जित्ने टेनिस सुन्दरी भन्छिन् ‘आई लभ मेसी’

बार्सा नेपाल, फागुन १० । बेलारुसकी टेनिस सुन्दरी भिक्टोरिया आजरेङ्का लियोनल मेसीको ठूलो फ्यान हुन् । सन् २०१४ को विश्वकपमा उनले खुलेरै अर्जेन्टिनाको समर्थन गरिन् । प्रायः सँधै चर्चामा आइरहने भिक्टोरियाले पत्रकारहरुले सोध्ने एउटा प्रश्न ‘तपाईलाई सबैभन्दा मनपर्ने खेलाडी को हो ?’ भन्दा उनको उत्तर एउटै आउँछ ‘लियोनल मेसी ।’

उनले पछिल्लो ३ वटा विश्वकपमा अर्जेन्टिनाको समर्थन गरिन् । त्यसको कारण हो मेसी । यी सबै विश्वकपमा उनले अर्नेन्टिनाको जर्सी किनेर लगाइन् । इन्टरनेट तथा सामाजिक सञ्जालमा पनि उनको तस्बिरहरु भाइरल भयो ।

दुई पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितिसकेकी यी सुन्दरीले पछिल्लो समय बेलारुसकै एक म्यागजिनलाई अन्तर्वाता दिँदै भनिन् ‘आई लभ मेसी’ ‘उनी मेरो सबैभन्दा प्रिय खे लाडी हुन्, उनी सानो छन् तर असाधारण छन् साधै क्युट पनि छन् त्यसैले म उनलाई माया गर्छु । उनि भन्छिन् मेसी इतिहासकै सबैभन्दा महान् खेलाडी हुन् ।

आउँदो विश्वकपमा पनि म अर्जेन्टिनालाई नै सर्मथन गर्छु किनकी त्यहाँ मेसी हुनेछन् । आशा छ यस पटक उनैको टिमले विश्वकपको उपाधी उचाल्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here