च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको नतिजा यस्ताे

बार्सा नेपाल, फागुन १० । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो चरणका खेलहरु सकिएका छन् । बुधबार राति दुई सकिएसँगै खेल दोस्रो चरणलको लागि अगाडि बढेको हो । बुधबार राति सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले सेभियासँग गोल रहित बराबरी खेलेको छ । भने साक्टार डोनेस्कले रोमलाई २–१ ले हराएको छ । साक्टारको लागि खेलको ५२ औं मिनेटमा फेरिया तथा ७१ औं मिनेटमा फ्रेडले गोल गरे भने रोमाको लागि ४१ औं मिनेटमा सेन्ज अन्डरले गोल गरे ।

यसअघिका खेलहरुमा बार्सिलोनाले चेल्सीसँग १–१ को बराबरी खेलको छ । बार्सिलोनाको लागि मेसीले चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गोल गरेका हुन् । त्यस्तै, स्पेनको रियल मड्रिडले पीएजीलाई ३–१ गोलले पराजित गरेको छ ।
अन्य खेलहरुमा म्यान्चेस्टर सिटीले बाजललाई ४–० ले, लिभरपुलले पोर्तोलाई ५–० ले, बार्यनले बेसिक्टासलाई ५–० ले पराजित गर्यो भने टोटनहम र यूभेन्टसले २–२ को बराबरी खेलेका छन् ।

नतिजा,

यी क्लबहरुबीचको दोस्रो लेग मार्च ७ तथा ८ तारिख र १४ तथा १५ तारिखमा हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here