ला लिगामा रामोसको पहेँलो कार्डको रेकर्ड

बार्सा नेपाल, फागुन १० । रियल मड्रिडका खेलाडी सर्जियो रामोसले ला लिगमा नयाँ रेकर्ड राखेका छन् । उनको नाममा रहेको रेकर्ड राम्रो भने होइन । रामोसले हालसम्म ला लिगामा १६३ वटा पहेँलो कार्ड पाइसकेका छन् । ला लिगामा हालसम्म उनले जती धेरै पहेँलो कार्ड अन्य खेलाडीले पाएका छैनन् ।

गएराति लेगानेससँग भएको खेलको ५४ औं मिनेटमा म्याच रेफ्री जोसे लुईस गोन्जालेजले रामोसलाई विपक्षी खेलाडीलाई फाउल गरेको भन्दै पहेँलो कार्ड देखाएका थिए ।

सन् २००५ मा सेभियाबाट रियल मड्रिड आएका रामोसले रियलबाछ ५५० खेल खेलिसकेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here