चेल्सीलाई बार्सिलोनाले किन जित्न सकेन ? गल्ती कहाँ भयो ?

बार्सा नेपाल, फागुन ९ । बार्सिलोनाले अपेक्षा अनुसार चेल्सीको घरेलु मैदानमा खेल खेल्न सकेन । यो सिजन फर्ममा रहेको बार्सिलोनाले प्रिमियर लिगमा लय गुमाएको चेल्सीसँग किन धेरैको अपेक्षा विपरित खेल्न सकेन भन्ने उत्तर प्रायः हामी सबैलाई थाहा छ ।

चेल्सी ‘फिजिकल’ खेल खेल्ने टिम हो । आफ्नो क्षेत्रमा बलियो टिमलाई बल खेलाउन दिने र विपक्षीबाट बल फुत्काउनासाथ काउन्टर गोल हान्ने चेल्सीको रणनीति बार्सिलोनासँग भएको खेलमा पनि देखियो । त्यसोत चेल्सीको डिफेन्स लाइन बलियो पनि छ । सोही अनुसारको रणनीति बनाउन बार्साको प्रशिक्षक अर्नेष्टो भालभर्डे असफल भएको देखिन्छ । ६८ प्रतिशत बल पोसेसन होल्ड गर्दा जम्मा २ वटा बल मात्रै बार्सिलोनाले टार्गेटमा हानेको छ । त्यस्तै लाइनअपमा पनि भालभर्डेले गल्ती गरेको देखिन्छ । उनले पाउलिन्होलाई टिममा राख्दा बार्सिलोनाले पहिलो हाफमा केही गर्न सकेन । पछि एलेक्स भिडाललाई पाउलिन्होको सट्टा मैदान प्रवेश गराउँदा बार्साको खेल सफल भएको देखिन्छ । उता भालभर्डेले अन्तिम समयमा इनियष्टाको ठाउँमा गोमेजलाई मैदान पठाएर ‘टाईम किल’ गरेको जस्तो देखिन्छ । यसको मतलव भालभर्डे बराबरीमै खुसी भए ।

यहाँ हामीले बार्साका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा रेटिङ तयार पारेका छौं । रेटिङको कूल अंक १० रहेको छ ।

टेर स्टेगन ६ चेल्सीको लागि विलियानले गोल गर्दा टेर स्टेगनले बल जज नै गर्न पाएन् । झण्डै डिबक्स बाहिरबाट हानेको प्रहार गोलमा परिणत हुँदा उनी अक्क न बक्क थिए । यद्यपी उनले बार्साका डिफेन्ससँग केही पासहरु खेले

सर्जी रोबर्टो ५ रोबर्टोको खेल चेल्सीसँग केही फितलो रह्यो । बललाई आक्रामक रुपले अगाडि बढाउन उनले सकेनन् । चेल्सीको डिफेन्स तथा मिडफिल्डले उनलाई रोकिदियो । विलियाले गोल गर्दाको दोषी उनी पनि देखिन्छन् ।

जेरार्ड पिके ७ चेल्सीको काउन्टर बललाई पन्छाउने काम त्यती सहज हुँदैन तर, पिकेले सदाजस्तै आफ्नो जिम्मेवारी बलियो तरिकाले निभाए । चेल्सीले बनाउने मुभमा उनी निकै सचेत देखिए ।

युम्टीटी ६ युम्टीटीले पनि पिकेजस्तै जिम्मेवारी निभाउने प्रयास गरे । उनले टेर स्टेगनसँग मिलेर बल खेले । जसले चेल्सीको टिमले गर्ने ‘बसपार्क’लाई निरुत्साहित बनाउन सघाउ पुर्यायो ।

जोर्डी अल्बा ७ चेल्सीका खेलाडीलाई तर्साउने खेलाडी जोर्डी अल्बा बने । मेसीसँग अल्बाले खेल्ने पासले चेल्सीलाई क्षति पुर्याउने भन्दै मिडफिल्ड र डिफेन्स लाईनले अल्बालाई पनि छोडेन । अल्बाले मेसीसँग पर्याप्त खेल नसकेपछि इनियष्टा तथा बुस्केटसँग खेले ।

बुस्क्वेट ६.५ बुस्क्वेटको प्रदर्शन जहिल्यै असाधारण रहन्छ । चेल्सीसँग पनि असाधारनै भयो । तर डिफेन्सिभ मिडफिल्डर भएको कारणले विलियानले गरेको गोलमा उनको पनि गल्ती देखियो ।

राकेटिच ६.५ चेल्सीसँगको खेलमा उनी निकै आत्मविश्वासी देखिए । उनले इनियष्टा र मेसीसँग राम्रो तालमेल गरे । तर खेलमा पाएको पँहेलो कार्डको कारण उनी सचेत बन्नुपर्यो ।

इनियष्टा ७ मेसीलाई उपलब्ध गराइदिएको बलबाट थाहा हुन्छ उनी कति राम्रा खेलाडी हुन् भनेर । उमेर ढल्के पनि उनले सुन्दर खेल पस्के । चेल्सीका युवा डिफेन्डरहरु माझबाट पनि मेसीलाई डिबक्सभित्रैबाट सुन्दर एसिस्ट गरे ।

स्वारेज ५ स्वारेजको जिम्मेवारी फ्रन्ट लाइनमा रहने र पाएको अवसरलाई गोलमा परिणत गर्ने या अवसर सृजना गर्ने भन्ने थियो तर, उनलाई चेल्सीका डिफेन्डरहरुले घेरेर राखे । मुभ बनाउने ठाउँ नै दिएनन् ।

मेसी ७ ९ खेलपछि उनले चेल्सी बिरुद्ध गोल गरे र बार्सिलोनालाई पहिलो लेगमा अवे गोलको आधारमा अगाडि पारे । चेल्सीका खेलाडीहरुले छोड्दै नछोडे पनि उनले इनियष्टाको फुटबल भाष बुझे र गोल गर्न सफल भए ।

चेल्सीका खेलाडीहरु

  • कोर्टवा ६
  • एज्पिलोकोयोटा ७
  • क्रिस्टियन्सेन ६
  • रोड्रिगर ७
  • भिक्टोर मोसेस ६
  • कान्टे ८
  • फाब्रिगास ६
  • मार्को अलन्सो ६
  • विलियान ८
  • हाजार्ड ७
  • पेड्रो ७

चेल्सीबिरुद्ध मेसीले गोल गरेपछि ‘वाइल्ड सेलिब्रेसन’ (१० फोटोमा)

अन्ततः मेसीले चेल्सीबिरुद्ध पनि गोल गरे

मेसीको गोलमा चेल्सीबिरुद्ध बार्सिलोनाको अवे एडभान्टेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here