NEXT MATCH: बार्सिलोना घरेलु प्रतिद्धन्द्धीसँग भिड्ने

बार्सा नेपाल । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाले शनिबार शनिबार राति (आइतबार बिहान १ः३० बजे नेपाली समय अनुसार) लिगको २५ औं खेल क्याटालोनियाको क्लब जिरोनासँग खेल्नेछ ।

जिरोनाले २४ खेलबाट ३४ अंक जोडेर लिगमा ८ औं स्थान कायम गरेको छ । जिरोनाले ९ खेलमा जित, ७ मा बराबरी तथा ८ खेलमा हार व्यहोरेको छ ।

लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले भने सेभियासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उक्त खेलभन्दा अगाडि एथ्लेटिको मड्रिडले यूरोपा लिगमा कोबेनहावानको समाना गर्नुपर्नेछ ।

तेस्रो स्थानमा रहेको भ्यालेन्सियाले पनि बलियो प्रतिद्धन्दीको सामना गर्नुपर्नेछ । उसले मेस्टालामा रियल सोसिडाडको सामना गर्न लागेको हो । चौथो स्थानमा रहेको रियल मड्रिडले लेगानेसको घरेलु मैदानमा खेल खेल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here