अन्ततः मेसीले चेल्सीबिरुद्ध पनि गोल गरे

बार्सा नेपाल, फागुन ९ । अन्नतः लामो समयपछि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले चेल्सी बिरुद्ध गोल गरेका छन् । मेसीले चेल्सीबिरुद्ध ९ औं खेलमा गोल गरेका हुन् । पहिलो गोलको लागी मेसीले ३० वटा सट खर्चिनु परेको थियो ।

सन् २००६ मा नै चेल्सीबिरुद्ध अत्यान्तै सुन्दर खेल पस्केका १८ वर्षीय मेसीलाई त्यपपछिका खेल कठिन भयो । राम्रा खेलाडीलाई सँधै मार्क गर्ने चेल्सीको राडरमा मेसी परेपछि गोल उनी गोल गर्नबाट चुकेका थिए । मेसीले केहीबेरअघि चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको ७५ औं मिनेटमा आन्द्रेज इनियष्टाको पासमा गोल गरेका हुन् ।

उक्त गोलसँगै मेसीले राम्रा भनिएका सबै गोलकिपर विरुद्ध गोल गरेका छन् ।

मेसीलाई चेल्सी बिरुद्ध गोल गर्न नसक्ने भन्दै आलोचना गर्नेहरुको पनि कमी थिए ।

मेसीको गोलमा चेल्सीबिरुद्ध बार्सिलोनाको अवे एडभान्टेज

चेल्सीबिरुद्ध मेसीले गोल गरेपछि ‘वाइल्ड सेलिब्रेसन’ (१० फोटोमा)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here