मेसीको गोलमा चेल्सीबिरुद्ध बार्सिलोनाको अवे एडभान्टेज

बार्सा नेपाल, फागुन ९ । लियोनल मेसीले चेल्सी बिरुद्ध गोल गरेपछि बार्सिलोनाले पहिलो लेगमा अवे एडभान्टेज पाएको छ । केही बेरअघि चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा मेसीले बराबर गोल गरेका हुन् । उनले इनियष्टाको पासमा खेलको ७५ औं मिनेटमा चेल्सीको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका हुन् ।

यी दुई टिमबीचको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा चेल्सीका विलियानको दुई वटा प्रहार पोलमा लागेको थियो । तर, खेलको ६२ औं मिनेटमा इडेन हाजार्डको पासमा उनै विलियानले गोल गरेर घरेलु टोलीलाई अग्रता दिएका थिए ।

तर, खेलमा सुधारिएको प्रदर्शन गरेको बार्सिलोनाले चेल्सीको अग्रतालाई बराबरीमा ल्याएको थियो । अब यी दुई टिमबीचको दोस्रो लेग मार्च १५ मा क्याम्प नाउमा हुनेछ ।

अन्ततः मेसीले चेल्सीबिरुद्ध पनि गोल गरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here