बार्साको यूथ टिमले पीएसजीलाई हरायो, यूइएफए यूथ लिगको क्वार्टरफाइनलमा प्रवेश

बार्सा नेपाल, फागुन ९ । बार्सिलोनाको अन्डर १९ टिमले पीएसजीको अन्डर १९ टिमलाई हराई यूरोपियन यूथ लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति पीएसजीको यूथ टिमको घरेलु मैदानमा सम्पन्न खेलमा बार्साको अन्डर १९ टिम १–० गोलले विजयी भएको हो ।

बार्साको जितमा खेलको ६५ औं मिनेटमा कार्लेस पेरेजले गरेको गोल नै निर्णयक बन्न पुग्यो । खेलकोे ८६ औं मिनेटमा बार्सा युथ टिमका मोन्चु दोहोर पहँलेको कार्डको शिकार हुँदै मैदान छोड्नु पर्यो । यद्यपी १० खेलाडीमा सीमित युथ टिमले पीएसजीलाई बाँकी समयमा हावी हुन दिएन र खेल बार्सिलोनाको युथ टिमको पक्षमा गएको होे ।

यूइएफ युथ लिगमा होम एण्ड अवे फम्र्याट नहुने भएकोले एउटै खेलमा विजेता बन्ने टिम अर्को चरणमा प्रवेश गर्छ ।
अब बार्साको युथ टिमले एथ्लेटिको मड्रिड र बाजलमध्ये जो विजेता हुन्छ सोही टिमसँग खेल्नेछ । क्वार्टरफाइनलको खेल मार्चको १३ वा १४ तारिखमा हुनेछ ।

लाईन अप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here