चेल्सीसँगको खेलबारे बार्साका हस्ती रिभाल्डो यसो भन्छन्

बार्सा नेपाल, फागुन ८ । बार्सिलोनाका खेलाडी रिभाल्डोले चेल्सी र बार्सिलोनाबीच हुने खेल निकै रोचक हुने बताएका छन् । आज राति (बुधबार बिहान १ः३० नेपाली समयअनुसार) हुने खेलमा जित भने बार्सिलोनाकै हुने रिभाल्डोले बताएका छन् ।

चेल्सी गत वर्षको प्रिमियर लिग विजेता भए पनि यस वर्ष बार्सिलोनाको प्रदर्शन स्तरिय भएको कारणले खेल च्याम्पियन्स लिगको अन्तिम १६ को दुबै लेग बार्सिलोनाको पक्षमा जाने बताएका हुन् ।

उनको भनाई थियो ‘प्रिमियर लिग खेल्ने टिमलाई सँधै सम्मान गर्नुपर्छ, तर मलाई लाग्छ बार्सिलोना यो सिजन फर्ममा रहेको छ । त्यसैले चेल्सीलाई हराएर अर्को चरणमा पुग्न सक्छ ।’

रिभाल्डोले सन् २००० को च्याम्पियन्स लिग बार्सिलोनाबाट खेलेका थिए । उक्त खेलको सम्झना गर्दै उनले भने ‘मलाई अझै सम्झना छ हामीले सन् २००० मा इंल्याण्डमा ३–१ को हार ब्यहोरेका थियौं । तर, दोस्रो लेगमा ५–१ को जित दर्ता गरेका थियौं । मैले दोस्रो हाफको ४५ औं मिनेटमा पेनाल्टी पाएको थिए । तर, सो पेनाल्टी गोलमा परिणत हुन सकेन र खेल अतिरिक्त समयमा मोडियो । थपिएको समयमा हामीले २ गोल गर्न सफल रहेका थियौं ।’

रिभाल्डोले सन् १९९७ देखि २००२ सम्म बार्सिलोनाबाट खेलेका थिए । सो समयमा उनले १५७ खेल खेल्न पाए र टोलीलाई ८६ गोलको योगदान पनि गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here