कोउटिन्होको कार महानगरपालिकाले यसरी उठायो

बार्सा नेपाल, फागुन ८ । बार्सिलोनाका खेलाडी फिलिप कोउटिन्होको कार बार्सिलोना महानगपालिकाले उठाएको छ । सडकमा अव्यवस्थित पार्किङ गरेको भन्दै उनको कार महानगरले लगेको हो ।

कोउटिन्हो सोमबार परिवार तथा साथीहरुसँग बार्सिलोनास्थित सागर्दा फामिलिया (होली फ्यामेली) चर्चमा प्रर्थाना गर्नको लागि गएका थिए । तर, उनी चढेको कार सडकमा अव्यवस्थित ढंगले पार्क गरेको पाइएपछि महानगरले क्रेन ल्याएर तानेर लगेको थियो ।

बार्सिलोनाका सबै खेलाडीहरु यतिखेर लन्डनमा छन् तर उनी भने बार्सिलोनामै रहेका छन् । यसै सिजन लिभरपुलबाट बार्सिलोना आएका उनले यस सिजनको च्याम्पियन्स लिगका सबै खेल गुमाउनेछन् । यसै सिजन लिभरपुलबाट पनि च्याम्पियन्स लिगको समूह चरणको खेल खेलेको कारण उनले बार्सिलोनाबाट उक्त लिग खेल्न नपाउने भएका हुन् ।

MATCH DAY: चेल्सी बिरुद्ध बार्सिलोना, लिगको प्रदर्शनको आधारमा विश्लेषण

कोउटिन्हो र सेमेडोबाहेक सबै खेलाडी चेल्सीसँगको खेलको लागि लन्डनमा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here